४.१३ अंकले घट्यो नेप्से, ५ अर्ब ८३ करोडको कारोबार « Khabarhub

४.१३ अंकले घट्यो नेप्से, ५ अर्ब ८३ करोडको कारोबार


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको चौथो दिन शेयर बजार नेप्से परिसूचक ४ दशमलव १३ अंकले घटेर २ हजार ८२३ दशमलव ८८ को विन्दुमा कायम भएको छ ।

आज ७५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

२ सय २० कम्पनीका १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर ६५ हजार १ सय ९२ वटा कारोबारबाट ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४ सय ३५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

अघिल्लो दिन मंगलबार ६ अर्ब ७२ करोडको कारोबार भएकोमा ८९ करोडले कारोबार खुम्चिएको थियो । कारोबारमा आएका ६ समुहका सूचकमा हरियाली छाएको छ भने ७ वटा घटेका छन् ।

फाइनान्स सूचक सर्वाधिक ५.८१ प्रतिशतले बढ्दा विकास बैंकको सूचक ३.३७ प्रतिशतले बढेको छ ।

बुधबारको बजारमा लगानी सूचक सर्वाधिक २.२१ प्रतिशतले घट्दा होटल र टुरिजमको इन्डेक्स १.३९ प्रतिशतको रगावटमा बन्द भएको छ ।

बैंकिङ्ग, व्यापार, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्डको सूचक घटेका छन् । बुधबार नेपाल इन्सयोरेन्सको सर्वाधिक ३० करोड ३७ लाखको शेयर कारोबारमा आएको छ ।

त्यस्तै एनएलजी इन्स्योरेन्सको २१ करोड र नेशनल हाइड्रोपावरको पौने १९ करोडको शेयर खरीद बिक्री भएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : १३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको