४.१३ अंकले घट्यो नेप्से, ५ अर्ब ८३ करोडको कारोबार « Khabarhub

४.१३ अंकले घट्यो नेप्से, ५ अर्ब ८३ करोडको कारोबार


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको चौथो दिन शेयर बजार नेप्से परिसूचक ४ दशमलव १३ अंकले घटेर २ हजार ८२३ दशमलव ८८ को विन्दुमा कायम भएको छ ।

आज ७५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

२ सय २० कम्पनीका १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर ६५ हजार १ सय ९२ वटा कारोबारबाट ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४ सय ३५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

अघिल्लो दिन मंगलबार ६ अर्ब ७२ करोडको कारोबार भएकोमा ८९ करोडले कारोबार खुम्चिएको थियो । कारोबारमा आएका ६ समुहका सूचकमा हरियाली छाएको छ भने ७ वटा घटेका छन् ।

फाइनान्स सूचक सर्वाधिक ५.८१ प्रतिशतले बढ्दा विकास बैंकको सूचक ३.३७ प्रतिशतले बढेको छ ।

बुधबारको बजारमा लगानी सूचक सर्वाधिक २.२१ प्रतिशतले घट्दा होटल र टुरिजमको इन्डेक्स १.३९ प्रतिशतको रगावटमा बन्द भएको छ ।

बैंकिङ्ग, व्यापार, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्डको सूचक घटेका छन् । बुधबार नेपाल इन्सयोरेन्सको सर्वाधिक ३० करोड ३७ लाखको शेयर कारोबारमा आएको छ ।

त्यस्तै एनएलजी इन्स्योरेन्सको २१ करोड र नेशनल हाइड्रोपावरको पौने १९ करोडको शेयर खरीद बिक्री भएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : १३ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार