यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय « Khabarhub

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विभिन्न निकायमा पदाधिकारी नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै प्रवक्ता एवम् संचारमन्त्री वसन्त नेम्वाङले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरिएको जानकारी दिए ।

जेठ ३१ गतेको बैठकको निर्णय अनुसार ओझा नियुक्त भएका हुन् । नेपाल इञ्जिनियरिङ परिषदको रजिष्ट्रारमा शिवमंगल गिरी नियुक्त भएका छन् ।

त्यस्तै शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्ष डा. अर्जुन कार्की, डा. अमिना सिंह, डा. असिम ढकाल, डा. विपिनचन्द्र अधिकारी, दिनेश शाह, दोभान राई, संगिता कौशल मिश्र, डा. सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ, श्रवणकुमार राणा नियुक्त भएका छन् ।

योगमाया आयुर्वदिक विश्वविद्यालयको पूर्वाधार निर्माण समिति सदस्यमा खड्कबहादुर राई र वंशीधर लामा नियुक्त भएका छन् ।

असार ७ गतेको बैठकले एसीयाली विकास बैंकको कार्यकारी निर्देशकको कार्यालय मनिलामा २ वर्षे कार्यकालका लागि नेपालले प्रतिनिधित्व गर्ने निर्देशकको सल्लाहकारमा श्रम मन्त्रालयका उपसचिव रमेश अर्याललाई मनोनयन गरी काजमा पठाउने पनि निर्णय गरेको छ ।

सशस्त्र प्रहरी बल मानव स्रोत विभागका कार्यरत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) पुष्पराम केसीलाई कार्य तथा सीमा सुरक्षा विभागका सरुवा गरिएको छ भने उनको ठाउँमा कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत एआईजीपी रामशरण पौडेललाई ल्याइएको छ ।

नेपाली सेनाका पाइलट सहायक रथी आशिष नरसिंह राणालाई पाइलट उपरथीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको पनि नेम्वाङले जानकारी दिए ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ७ : ०८ बजे

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली