तेस्रो लहरको तयारीमा लाग्न मन्त्री राईको निर्देशन | Khabarhub Khabarhub

तेस्रो लहरको तयारीमा लाग्न मन्त्री राईको निर्देशन


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न सरोकारवालालाई निर्देशन दिएकी छन् ।

कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई बढी असर पुग्न सक्ने विज्ञको चेतावनीलाई ध्यानमा राख्दै बालबालिकाको उपचार गर्न अस्पतालमा छुट्टै वार्डको व्यवस्थापन गर्न निर्देशन दिएकी हुन् ।

कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री राईले हामी तयारी अवस्थामै थिएनौ भन्ने छुट नहुने गरी बालबालिकाको उपचारको तयारीमा जुट्न निर्देशन दिइन ।

मन्त्री राईले प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आफ्नो जिल्लाभित्रका सबै पालिकाहरुको अवस्था, आवश्यकता र तयारीसहित जिल्लाको समस्या, आवश्यकता पहिचान गरी सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेस गर्न पनि निर्देशन दिएकी छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको भर्चुअल बैठकमा स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई, १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरु, सदरमुकामका पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : २२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र