एक चौथाइ विकास बजेट खर्च एक महिनामै « Khabarhub

एक चौथाइ विकास बजेट खर्च एक महिनामै


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ–तनहुँमा असार महिनामा मात्रै संघ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७÷७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो ।

उक्त आवका लागि विकास बजेटतर्फ रु तीन अर्ब ४४ करोड ४९ लाख ६७ हजार ६३९ विनियोजन गरिएकामा असारमा मात्रै रु ९२ करोड ६६ लाख ८३ हजार ९८७ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्यस्तै सोही अवधिमा चालूतर्फ ११.८२ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ रु नौ अर्ब ५६ करोड १७ लाख ६४ हजार ९८ विनियोजन गरिएकामा असारमा रु एक अर्ब १३ करोड एक लाख ४६ हजार ५४७ खर्च भएको कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए ।

यस्तै प्रदेश सरकारतर्फका कार्यालयले असारमा मात्रै ४१.३३ प्रतिशत पूँजीगत बजेट खर्च गरेका छन् । प्रदेश सरकारका तर्फबाट पूँजीगततर्फ रु दुई अर्ब ४० करोड ४८ लाख ४१ हजार ७२ विनियोजन गरिएकामा एकै महिनामा रु ९९ करोड ३८ लाख ३३ हजार ८५३ खर्च भएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा चालूतर्फ २२.७२ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ रु ९० करोड ६१ लाख एक हजार विनियोजन गरिएकामा रु २० करोड ५९ लाख १० हजार ८८७ खर्च भएको भट्टराईले बताए ।

‘असारमा रकम निकासा हुने भएकाले यो एकै महिनामा धेरै बजेट खर्च भएको जस्तो देखिन्छ’, उनले भने, ‘अन्तिम अन्तिम भएकाले पनि यो बेला धेरै काम हुने गरेको छ ।’

कूल बजेट खर्च ८५.०४ प्रतिशत
उक्त आवमा संघ र प्रदेशतर्फबाट विनियोजितमध्ये ८५.०४ प्रतिशत बजेट खर्च भएको छ । संघतर्फ ८३.१३ र प्रदेशतर्फ ९२.६७ प्रतिशत बजेट खर्च भएको हो । गत आर्थिक वर्ष २०७६÷७७ मा संघतर्फ ८७.३० प्रतिशत बजेट खर्च भएको थियो भने प्रदेशतर्फ ७५.३१ प्रतिशत बजेट खर्च भएको थियो । गत वर्षभन्दा संघतर्फ ४.२० प्रतिशत बजेट कम खर्च भएको छ भने प्रदेशतर्फ १७.३६ प्रतिशत बजेट बढी खर्च भएको तथ्यांकले देखाएको छ ।

संघतर्फ चालूतर्फ रु आठ अर्ब ७७ करोड ८५लाख ४६ हजार ७६६ र पूँजीगततर्फ रु दुई अर्ब तीन करोड २० लाख एक हजार १८४ बजेट खर्च भएको छ । प्रदेशतर्फ चालूतर्फ रु ८० करोड १२ लाख ६३ हजार ५५२ र पूँजीगततर्फ रु दुई अर्ब २६ करोड ६९ लाख ४२ हजार ४८८ खर्च भएको कार्यालयले जनाएको छ ।

राजस्व बढ्यो
जिल्लास्थित सरकारी कार्यालयले गत आवभन्दा यस अवधिमा राजस्व संकलन वृद्धि गरेका छन् । संघ र प्रदेशतर्फका कार्यालयले आव २०७७÷७८ मा राजस्व संकलन वृद्धि गरेका हुन् । यस वर्ष रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजस्व संकलन भएको छ । जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा रु सात अर्ब ३५ करोड दुई लाख ५६ हजार राजस्व संकलन भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १ : ०० बजे

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज