२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७८३ जनाको पीसीआर परीक्षणमा २ हजार ४६७ र ४ हजार ८७८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १४४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ११, उदयपुरमा ३, ओखलढुंगामा ४, खोटाङमा ३, झापामा २३६, ताप्लेजुङमा १, तेह्रथुम ३, धनकुटामा १७, भोजपुरमा ३, मोरङमा ४२, संखुवासभामा ५, सोलुखुम्बु ५ र सुनसरी १७० जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा २, पर्सामा ३,  बारामा ८, महोत्तरीमा १९, रौतहटमा १३, सप्तरीमा ३ र सर्लाहीमा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५५६, काभ्रेमा २२, चितवनमा ८२, दोलखामा ५, धादिङमा १४, नुवाकोटमा २३, भक्तपुरमा ७६, मकवानपुरमा १०४, रसुवा २, रामेछापमा ११, ललितपुरमा १८७, सिन्धुपाल्चोकमा ८ र सिन्धुली ५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३३३, गोरखामा ४०, तनहुँमा १९, नवलपरासी पूर्वमा ५८, पर्वत ६,  म्याग्दी १०,  लमजुङमा १०, बागलुङमा ५ र स्याङजामा २६ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १६, कपिलवस्तुमा ८, गुल्मीमा १०, दाङमा १०, नवलपरासीमा १२, पाल्पामा २४, प्यूठानमा ५, बर्दियामा १०, बाँकेमा १३ र रुपन्देहीमा ५७ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ३, जुम्ला १६, दैलेखमा २, रुकुम पश्चिममा ३, सल्यानमा १ र सुर्खेतमा ७१ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ६, कैलालीमा २४, डडेल्धुरामा ४, डोटीमा २ र दार्चुलामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ५ : ३७ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान