सैनिक कल्याणकारी कोषको कूल सम्पति रु ५९ अर्ब ९५ करोड ८० लाख « Khabarhub

सैनिक कल्याणकारी कोषको कूल सम्पति रु ५९ अर्ब ९५ करोड ८० लाख


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सैनिक कल्याणकारी कोषको कूल सम्पति रु ५९ अर्ब ९५ करोड ८० लाख पुगेको छ ।

कोषमा विसं २०७७ असार मसन्तसम्म नगद मौज्दात रु ४५ अर्ब ८६ करोड ८० लाख रहेकामा यस वर्ष १८ प्रतिशत अर्थात रु आठ अर्ब २५ करोड ९५ लाखले वृद्धि भई रु ५४ अर्ब १२ करोड ७५ लाख ८० हजार पुगेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा विभिन्न निकायमा गत असार मसन्तसम्म गरिएको रु पाँच अर्व ८३ करोड १४ लाख लगानीसमेत समावेश गर्दा यथार्थ सम्पति रु ५९ अर्ब ९५ करोड ८० लाख पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए ।

नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट विस २०३२मा स्थापना सैनिक कल्याणकारी कोषको स्थापना भएको हो ।

‘बहुजन हिताय ः बहुजन सुखाय’ आदर्श वाक्य रहेको कोषबाट सेनाका बहालवाला, अवकासकाप्राप्त सैनिक तथा तिनका आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत र आवास, बीमा, सीप र स्वरोजगारका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

उक्त कोषबाट नौ लाख हिताधिकारी लाभान्वीत भइररहेको जानकारी दिइएको छ । कोषबाट सञ्चालित विभिन्न कार्यक्रममार्फत वार्षिकरुपमा सरकारलाई रु ४५ करोड राजश्व र रु १६ करोड विदेशी मुद्रा सञ्चितिमा योगदान पुगिरहेको जानकारी दिइयो ।

कोषको रकम मध्ये ९९.३५ प्रतिशत क वर्गका बाणिज्य र बाँकी ख वर्षका विकास र अन्य वित्त कम्पनिमा निक्षेप रहेको सो अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै