कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता | Khabarhub Khabarhub

कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाको चिसापानी—सोल्टा सडकको बाँका सडक खण्डबाट आज जीप कर्णाली नदीमा खस्दा दुई जना नदीमा बेपत्ता भएका छन् ।

नम्बर नखुलेको उक्त जीपमा एकै घरमा पाँच जना सवार रहेको जनाइएको छ । जीपमा सवार रहेकामध्ये तीन बालबालिकालाई कर्णाली नदी छेउको रुख बुट्यान भएको झारीमा घाइते अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा परी बेपत्ता हुनेमा डोटीको आदर्श गाउँपालिका—३ बस्ने ४० वर्षीय चालक चन्द्रप्रकाश जोशी र उनकी पत्नी ३० वर्षीया रुबी रहेको बताइएको छ । उनका आठ वर्षीया छोरी लक्ष्मी, दुई वर्षका बालक भुवन र छ वर्षकी छोरी सावित्रीलाई नदी छेउको झारीमा फेला पारिएको छ ।

तीनै जनाको अवस्था गम्भीर रहेको छ । बालबालिकालाई लम्कीस्थित अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको छ । प्रहरीले बेपत्ता दुई जनाको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए ।

उक्त कच्ची सडकमा जीप ‘व्याक’ गर्ने क्रममा झण्डै ३०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटना भएको जनाइएको छ । रासस

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : ३५ बजे

जेन-जी सुशासन योद्धाकी आमा भन्छिन् : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ

काठमाडौं– छिमेकमा कसैले ‘मम्मी’ भनेर बोलाउँदा आफ्नै छोरोको आवाज जस्तो

अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत

सिड्नी– अस्ट्रेलिया र इन्डोनेसियाले बुधबार नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर गर्न

मतदाता नामावली दर्ता गर्नेको चाप उच्च

म्याग्दी– जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पछिल्लो समय मतदाता नामावली दर्ता

तनहुँमा एक हजार पाँच सय मतदाता थपिए

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बर्खामा गुल्जार बन्ने बुकीपाटन हिउँदमा सुनसान 

बागलुङ– बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान