भारतीय फुटबल टोली नेपालमा, कप्तान क्षेत्रीले भने : नेपालसँग खेल्न उत्साहित छौँ « Khabarhub

भारतीय फुटबल टोली नेपालमा, कप्तान क्षेत्रीले भने : नेपालसँग खेल्न उत्साहित छौँ


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली सोमबार नेपाल आएको छ ।

भारतीय टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरे ।

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरेको छ । भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा भएको हो ।

नेपाल आएलगतै कप्तान क्षेत्रीले आफ्नो टिममा पनि युवा खेलाडीको बाहुल्यता रहेको र नेपालसँग खेल्न उत्साहित रहको बताए ।

नेपालसँगको खेल आफूहरुलाई निकै महत्वपूर्ण रहेको जनाउँदै उनले नेपाली टिमलाई कमजोर नआँक्ने पनि बताए ।

सिनियर खेलाडीहरुको अभाव आफ्नो टिममा खड्कने बताउँदै काठमाडौंमा अभ्यास गरेपछि कमजोरी सुधार हुने उनले बताए ।

भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ६ : १५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु