भारतीय फुटबल टोली नेपालमा, कप्तान क्षेत्रीले भने : नेपालसँग खेल्न उत्साहित छौँ « Khabarhub

भारतीय फुटबल टोली नेपालमा, कप्तान क्षेत्रीले भने : नेपालसँग खेल्न उत्साहित छौँ


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली सोमबार नेपाल आएको छ ।

भारतीय टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरे ।

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरेको छ । भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा भएको हो ।

नेपाल आएलगतै कप्तान क्षेत्रीले आफ्नो टिममा पनि युवा खेलाडीको बाहुल्यता रहेको र नेपालसँग खेल्न उत्साहित रहको बताए ।

नेपालसँगको खेल आफूहरुलाई निकै महत्वपूर्ण रहेको जनाउँदै उनले नेपाली टिमलाई कमजोर नआँक्ने पनि बताए ।

सिनियर खेलाडीहरुको अभाव आफ्नो टिममा खड्कने बताउँदै काठमाडौंमा अभ्यास गरेपछि कमजोरी सुधार हुने उनले बताए ।

भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ६ : १५ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ