४ लाख ६९ हजार कोरोना संक्रमित थपिए, ४ लाख ९१ हजारभन्दा बढी निको « Khabarhub

४ लाख ६९ हजार कोरोना संक्रमित थपिए, ४ लाख ९१ हजारभन्दा बढी निको

८ हजार ५०७ जना संक्रमितको मृत्यु


१४ आश्विन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ६९ हजार १७९ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा सबैभन्दा धेरै एक लाख १० हजार ७६६, बेलायतमा ३६ हजार ७२२, टर्कीमा २९ हजार ३८६ भारतमा २३ हजार १३९ र रुसमा २२ हजार ४३० जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी ब्राजिलमा १७ हजार ७५६, इरानमा १३ हजार २७१ र जर्मनीमा १२ हजार २०९ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ ।

यही अवधिमा ८ हजार ५०७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु पनि अमेरिकामा धेरै छन् । जहाँ २ हजार ५२ जनाले ज्यान गुमाएका छन् । यसैगरी रुसमा ८५७, ब्राजिलमा ६४३, भारतमा ३०९, इरानमा २७२ र टर्कीमा २२७ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा भने कोरोनाका कारण ७ सय जनाको मृत्यु भएको छ ।

नयाँ विवरणअनुसार ४ लाख ९१ हजार ९७३ जना बढी निको भएका छन् ।

अमेरिकामा ९६ हजार, बेलायतमा ३६ हजार, टर्कीमा ३१ हजार भारतमा २८ हजार, ब्राजिलमा २१ हजार, रुसमा १८ हजार र इरानमा २१ हजार बढी कोरोनामुक्त भएका छन् ।

यसँसँगै कुल संक्रमित २३ करोड ४० लाख ११ हजार १४१ मध्ये हालसम्म २१ करोड ८ लाख ३१ हजार ५३९ जना निको भइसकेका छन् । हालसम्म ४७ लाख ८७ हजार २२२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ६ : ४० बजे

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित