माधव नेपाल अस्वस्थ भएपछि गठबन्धनको बैठक अनिश्चित « Khabarhub

माधव नेपाल अस्वस्थ भएपछि गठबन्धनको बैठक अनिश्चित


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बाेलाएको सत्तारुढ गठबन्धनको बैठक अनिश्चित भएकाे छ ।

बालुवाटारमा आज बस्ने बैठकमा कसले कुन मन्त्रालय कसले पाउने भन्ने निर्क्यौलपछि मात्रै  मन्त्रिपरिषद् विस्तार हुने बताइएकाे थियो । तर माधव नेपाल विरामी परेपछि बैठक नै अनिश्चित भएको हो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बैठक बस्ने भनिए नेपाल बिरामी भएकाले समय तय भइनसकेको बताए । खबरहबसँग उनले भने, ‘बैठक बस्ने भन्नेछ तर कतिबेला भन्ने फिक्स छैन, माधव नेपाल बिरामी भएकाले अनिश्चित जस्तै छ ।’

यस्तै समाजवादी पार्टीका नेता विरोध खतिवडाले पनि पार्टी अध्यक्ष नेपाल उपस्थित नहुने भएपछि बैठक नहुने बताएका छन् । तथापि प्रतिनिधि पठाएर बैठक राख्नेबारे छलफल भइरहेको उनले बताए ।

देउवाले हिजाे (बुधबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए । छलफलमा देउबाले मन्त्री हुनेको नाम दिन दाहाललाई आग्रह गरेका थिए ।

देउवाले मन्त्री हुनेको नाम मागेपछि प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकले निर्णय गरेर दिने बताएका थिए । लगत्तै बालुवाटारबाट पार्टी कार्यालय पुगेका प्रचण्डले हिजो दिउँसो पार्टीको बैठकमा बिहीबार गठबन्धनको बैठक बस्ने र शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने ब्रिफिङ गरेका थिए ।

राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेको छ । यसबीचमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५-५ मन्त्रालय लिने सहमति भइसकेको छ ।

सरकार गठनको ८० दिन पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सत्तारुढ गठबन्धनमा रहेका चार दलबीच मन्त्रिपरिषद् विस्तारबारे ठोस् सहमति हुन नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन नसकेको हो ।

सुरुमा माओवादी केन्द्र र कांग्रेसका २–२ जना गरी ४ मन्त्री बनाएका देउवाले दुई सातापछि एक जना राज्यमन्त्री र साढे २ महिनापछि परराष्टमन्त्री नियुक्त गरेका थिए। हालसम्म जनता समाजवादी पार्टी जसपा र माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी सरकारमा सामेल भइसकेको छैन ।

यसबीचमा थुप्रै पटक सत्तारुढ गठबन्धनको बैठक बसे पनि यो विषय टुंगो लाग्न सकेको छैन ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ११ : ०६ बजे

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

काठमाडौं – विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक व्यक्तिले अब प्रधानमन्त्री

भोटेकोशी बाढी : महोत्तरीका १० जना सम्पर्कविहीन

महोत्तरी– भोटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् ।