महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन सिडियोमार्फत ठेकेदारको ध्यानाकर्षण « Khabarhub

महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन सिडियोमार्फत ठेकेदारको ध्यानाकर्षण


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- महाकाली नदीमा तुइन विस्थापनअन्तर्गत निर्माण हुनुपर्ने झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन नेपाली कांग्रेसले माग गरेको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ जोड्ने मालघाट र वडा नम्बर ४ जोड्ने मलघट्टेमा तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल निर्माणको काम अघि बढाउन माग गरिएको हो ।

व्यास गाउँकार्यसमिति कांग्रेसले प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापन बुझाउँदै पुल निर्माणको काम तत्काल अघि बढाउन निर्माण व्यवसायीलाई ताकेता गर्न ध्यानाकर्षण गराएको छ । पुल निर्माण कार्य अलपत्र छाड्दा गत साउन १५ गते व्यास–२ का ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको स्मरण गराउँदै कांग्रेसले तत्काल पुल निर्माणको काम अघि बढाउन भनेको छ ।

विसं २०७८ साउन २८ गते सस्पेन्सन बृज डिभिजनले पुल निर्माणको जिम्मा पाएको खम्पाछे-रुविना जेभीका प्रतिनिधिलाई बोलाएर २०७८ पुस मसान्तसम्म पुल निर्माणको काम सम्पन्न गरिसक्न निर्देशन दिएको थियो तर अहिलेसम्म काम नै अघि नबढेको भन्दै कांग्रेसका व्यास सभापति नरेन्द्र भट्ट नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको हो ।

महाकाली नदी वारपार गर्न व्यासका वडा नं २, ३ र ४ का नागरिकका लागि अहिले तुइन छैन । भारतीय एसएसबीले तुइन काटिदिँदा अहिले यो क्षेत्रमा नाकाबन्दीजस्तै भएको छ । नेपालतिर निर्माणाधीन खलङ्गा-तिंकर सडकखण्ड ठाउँठाउँमा अवरुद्ध छ । सो क्षेत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्ने योजना अघि बढेको थियो । सोहीअनुसार महाकाली नदीका चार ठाउँमा एकसाथ तुइन विस्थापन गर्दै पुल निर्माण कार्य अघि बढेको थियो ।

विसं २०७६ मा व्यासको बडुगाउ, मलघट्टे, माल र बाकुमा तुइन विस्थापन गर्न भन्दै झोलुङ्ग पुल निर्माण गर्न बोलपत्र आह्वान गरिएको थियो । सोअनुसार बडुगाउ र बाकुमा पुल निर्माण कार्य अन्तिम चरणमा पुग्दा पनि मालघाट तथा मलघट्टेमा पुल निर्माण कार्य अघि बढ्न सकेको छैन । नेपालतिर सडकले गति लिएको छैन् । ठाउँ ठाउँमा पहिरो गएर सडक अवरुद्ध हुँदा गाउँमा खाद्यान्न ढुवानी गर्न नसकिएको बताइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ११ : ५५ बजे

अर्थशास्त्री डा. सुधनकुमार ओलीलाई ४ प्रश्न

काठमाडौं– पछिल्लो समयमा सरकारले निजी क्षेत्रका केही व्यवसायीहरूमाथि पनि सम्पत्ति

लागूऔषधविरुद्ध तनहुँ प्रहरीको ‘स्विप अप्रेसन’: २७ जना पक्राउ

दमौली– जिल्ला प्रहरी कार्यालय तनहुँले लागूऔषध नियन्त्रणका लागि सञ्चालन गरेको

थापाथलीका सुकुम्बासी : कसैलाई लजमा बस्न सङ्कोच, कोही अपार्टमेन्टमा नसर्ने, कसैले पाएनन् कोठा

काठमाडौं- काठमाडौंको थापाथलीस्थित बागमती खोला किनारमा रहेको सुकुम्बासी बस्ती खाली

सरकारलाई श्रम संस्कृतिका नेताको प्रश्न : सुकुम्बासीलाई लजमा हनिमुन मनाउन लैजान लागेको हो ?

काठमाडौं- सरकारले यही शनिबार बिहान ६ बजेदेखि काठमाडौं महानगरपालिकाभित्रका सुकुम्बासी