प्रचण्डले भने : आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा ​पुगेँ « Khabarhub

प्रचण्डले भने : आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा ​पुगेँ


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ५ मा तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आफू आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगेको बताएका छन् ।

बिहीबार काठमाडौँमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले आफ्नै पार्टीका अध्यक्षले प्रतिक्रान्ति गर्दा आत्महत्या गर्ने कि लड्ने भन्ने सोच भएको बताए । उनले भारतीय स्वतन्त्रताका सहिद चन्द्रशेखर आजादले दुस्मनबाट घेरिएपछि माटो समातेर यत्ति रैछ भन्दै आत्महत्या गरेको प्रसंग सुनाउँदै आफू पनि संसद् विघटनपछि त्यस्तै अवस्थामा पुगेको बताए । तर, आफू आत्महत्या गर्न सक्ने अवस्थामा भने नरहेको उनको टिप्पणी छ ।

प्रचण्डले भक्कानिँदै भने, ‘क्रान्तिको ऋण त मेरै शीरमाथि थियो । म यस्तो मोडमा पुगेँ कि प्रतिक्रान्तिसँग आत्मसर्पण गर्नुभन्दा त आत्महत्या गर्नु ठीक हो । आत्महत्या भनेको चाहिँ सबै गलत हुँदैन है साथी हो मार्क्सका ज्वाइँ छोरीहरुले सुसाइड गरेको कथा तपाईहरुले पढ्नुभयो होला । सुसाइड सबै गलत हुँदैनन् । म पनि मर्ने कि लड्ने भन्ने दुई विकल्पमा थिएँ । तर, हामी सबै साथीहरुले सल्लाह गरेर फेरि लड्ने, जेल जानुपर्छ जाने, मारिनु पर्छ भने पनि तयार हुने भनेर प्रतिक्रान्तिको अगाडि हरहालतमा नझुक्ने भन्ने संकल्पबाट सुरू भयो पुस ५ पछिको आन्दोलन ।’

उनले क्रान्तिप्रति बफदार नेताहरुको साथ पाएर प्रतिक्रान्तिलाई परास्त गरेकोसमेत बताए । उनले प्रतिगमनविरुद्ध माइतीघरमा आन्दोलन गर्दा सडकमा कार्यर्ता आउँछन् कि आउँदैनन् भन्ने आशंकारहेकोसमेत बताए । तर आफू सडकमा आएपछि मुक्ति पाइएको र आन्दोलनमा जनताको साथसमेत रहेको बताए । उनले पुस ५ पछिको घटनालाई २०५२ मा माओवादीले सशस्त्र विद्रोह गर्ने निर्णयपछिको अवस्थासँग तुलना गरे । त्यतिबेला पनि मर्छौ भन्ने लागेको भन्दै सामूहिक तस्वीर लिएको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ६ : ४२ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ