शनिवारको पूजा गर्दा यी कुराको ध्‍यान राखौँ « Khabarhub

शनिवारको पूजा गर्दा यी कुराको ध्‍यान राखौँ


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ । यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ।

यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ । शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्‍वच्‍छ राख्नु पर्दछ। यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्‍य प्राप्त हुन्छ।

हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् ।

शनि देवको पूजा गर्दा एउटा कुराको ध्यान राख्नु जरूरी छ, शनिदेवलाई आफ्नो मूर्तिको समक्ष पूजा गरेको मन पर्दैन । त्यसैले शनिको आराधना सदैव त्यो मन्दिरमा मात्र गर्नुपर्दछ जहाँ शनिदेव शिला रूपमा विराजमान हुन् ।

यसको अलावा शनिदेवको आराधना उनको प्रतीक मानिने शमी या पीपल को वृक्षको पनि गर्नु पर्दछ । शनिदेवको पूजा शनिबार मात्र गर्नु पर्दछ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ५ : ४५ बजे

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका