श्रीदेवीको फिल्म हेर्दा जेल सजाय « Khabarhub

श्रीदेवीको फिल्म हेर्दा जेल सजाय


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडकी पहिलो महिला सुपरस्टार अभिनेत्री श्रीदेवी आज हामीमाझ छैनन् । तर अभिनेत्रीले आफ्नो दमदार अभिनयका कारण जोकोही दर्शकको मनमा बस्न सफल छिन् । श्रीदेवीले बलिउडमा फिल्म ‘सोलहवाँ सावन’बाट डेब्यू गरेकी थिइन् । यो फिल्म पूर्ण रुपमा फ्लप रह्यो । तर यो फिल्मपछि उनले एकसे एक हिट फिल्म दिइन् ।

श्रीदेवीले आफ्नो करियरको सुरुवाती दिनमा पाकिस्तानमा जबरदस्त फ्यान फलोइङ कमाएकी थिइन् । यही कारण पाकिस्तानमा पनि श्रीदेवीको हरेक नयाँ फिल्मको प्रतिक्षा हुन्थ्यो । तर पाकिस्तानमा मानिसहरु श्रीदेवीको फिल्म लुकीलुकी हेर्थे । किनकी राष्ट्रपति जनरल जिया–उल–हकको शासन कालमा पाकिस्तानमा भारतको फिल्म हेर्नु ‘अपराध’ मानिन्थ्यो । यहीकारण यदी कोही व्यक्ति पाकिस्तानमा भारतीय फिल्म हेरिरहेको अवस्थामा पक्राउ परे भने उसलाई सजाय नै दिइन्थ्यो ।

बीबीसीका पाकिस्तानका पूर्व संवाददाता रहेका वुसअतुल्लाह खानले आफ्नो रिपोर्टमा यो कुराको खुलासा गरेका छन् । ‘म कराँची विश्वविद्यालयमा पढिरहँदा एक वर्षपछि विश्वविद्यालयको होस्टलमा एउटा कोठा पाएँ । जहाँ मैले श्रीदेवीको पोस्टर लुकाएर राखेको थिएँ । पाकिस्तानमा भारतीय फिल्म हेर्नु गैर कानूनी मानिन्थ्यो र हेरिरहेको अवस्थामा पक्राउ परे तीनदेखि ६ महिनाको जेल सजाय हुन्थ्यो’, उनले रिपोर्टमा उल्लेख गरेका छन् ।

सरकारले सजाय दिए पनि युवाहरु फिल्म हेर्न छोड्दैन थिए । उनीहरु जेजस्तो उपाय अपनाएर भए पनि श्रीदेवीको फिल्म हेर्थे । वुसअतुल्लाहका अनुसार उनीहरु साथीसँग मिलेर पैसा जम्मा गर्थे र भाडामा भीसीआर लिन्थे । जहाँ उनीहरु एकसाथ ६ फिल्म हेर्थे । जसमा तीन फिल्म अनिवार्य रुपमा श्रीदेवीको हुन्थ्यो ।

‘यो त्यो समय थियो, जुन समयमा श्रीदेवीको ‘नगीना’, ‘चाँदनी’, ‘आखिरी रास्ता’, र ‘मिस्टर इण्डिया’ जस्ता फिल्म हिट भएको थियो । हामीहरु होस्टलको हलको सबै ढोका र झ्यालहरु खुलै राख्थ्यौंं । जसकारण फिल्म हेरेको आवाज प्रहरी चौकीसम्म पुगोस् । हामी यसरी आफ्नो विरोध जनाउथ्यौं’, उनले भनेका छन् ।

एक कार्यक्रममा सहभागी हुन दुबई जाँदा श्रीदेवीको होटलको एक बाथटबमा डुबेर निधन भएको थियो । उनको फिल्मको पछाडि फिल्म ‘हिम्मतवाला’को ठूलो हात थियो । यो फिल्मले श्रीदेवीलाई घर–घरमा चर्चित बनाएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १० : ५३ बजे

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई