नेपाल आइपुगे अल्मुताइरी « Khabarhub

नेपाल आइपुगे अल्मुताइरी


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै शनिबार नेपाल आइपुगेका छन् ।

गत बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका थिए । ‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु,’ उनले लेखेका थिए ।

अब्दुल्लाहलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गरे ।

अब्दुल्लाहको प्रशिक्षणमा नेपाल साफ फाइनलमा भारतसँग पराजित हुँदै उपबिजेतामा सिमित भएको थियो । फाइनल अघिनै राजिनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका थिए । त्यसयता उनी पहिलो पटक नेपाल आएका हुन्।

यद्यपि एन्फाले तीन वर्षको सम्झौता बारेमा हालसम्म कुनै पनि आधिकारिक धारणा राखेको छैन ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ९ : १३ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।