बलिउडको प्रश्न–अनुराग कश्यप कहाँ छन् ? « Khabarhub

बलिउडको प्रश्न–अनुराग कश्यप कहाँ छन् ?


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमरउजाला)– बलिउडमा हालका दिनमा जोकोही फिल्मकर्मी, कलाकार या प्राविधिकको एउटै प्रश्न छ, ‘अनुराग कश्यप कहाँ छन् ?’ अनुरागसँग काम गर्ने व्यक्तिहरु उनको अवस्था के भन्ने बारे अन्योलमा छन् ।

उनीसँग लामो समयदेखि जोडिएका फिल्मकर्मीहरुका अनुसार उनको निजी जीवन हालको अवस्थामा ठिक रुपले चल्न सकेको छैन । कुनै समय सामाजिक सञ्जालमा सक्रिय रहने बलिउडका ‘क्रान्तिकारी फिल्ममेकर’ अनुरागले अन्तिम ट्वीट नोभेम्बर ११ मा गरेका थिए ।

समाचारअनुसार कुनै समय ‘ग्याङ अफ वासेपुर’ बनाउदा अनुराग आरामनगरमा बस्ने गरेका थिए । आराम नगर वान र आराम नगर २ त्यो ठाएँ हो जहाँ हिन्दी फिल्ममा काम गर्न पाउने आशालो मुम्बई आउने जोकोही व्यक्ति यो स्थानमा बस्ने गर्दछन् ।

करिब ३ सय हेक्टरमा फैलिएको यो इलाकामा कुनै समय शरणार्थी शिविर थियो । अहिले यहाँ हरेक गल्लीमा फिल्ममेकिङको कुनै न कुनै पसल छ । यो स्थानमा पनि अहिले ‘अनुराग कश्यप कहाँ छन् ?’ भन्ने चर्चा चल्न थालेको छ ।

अनुरागको यो पुरानो ठेगानमा अहिले सन्नाटा छाएको छ । यो त्यही स्थानमा हो, जहाँ अनुराग, विक्रमादित्य मोटवानी, विकास बहल र मधु मन्टेनाको कम्पनी फेन्टमको बारेमा सबै निर्णय हुन्थ्यो । यहाँ बस्ने स्थानीयका अनुसार अनुरागले वर्सोवामा रहेको आफ्नो घरलाई छोडेर अँधेरी पश्चिमको ओशिवारामा बनेको एक भव्य दुई तले घर किनेका छन् ।

अनुरागको स्वास्थ्यलाई लिएर उनी आफैंले स्टेन्ट लगाउने कुरा गरेपछि सबैजना अचम्मित भएका थिए । मानिसहरुलाई अनुराग केही आराम गरेपछि फिल्ममा फर्किने आशा थियो । उनले अभिनेत्री तापसी पन्नुका साथ शुरु भएको फिल्म ‘दो बारा’ गत मार्चमा नै पुरा गरेका थिए । तर अहिले यो फिल्मको अवस्था के छ कसैलाई थाहा छैन ।

गोरखपुर, उत्तर प्रदेशमा सन् १९७२ सेप्टेम्बर १० मा जन्मिएका अनुराग सुरुवाती समयदेखि नै बागी शैलीका मानिस थिए । रामगोपाल बर्माको छत्रछायामा रहेर फिल्म सिकेका अनुरागले एक कार्यक्रममा रामगोपाललाई विगतको मान्छेका रुपमा सम्बोधन गरेका थिए । उनलाई मनपराउने युवावर्गको ठूलो जमात छ ।

अनुरागका नजिकका आफन्तले उनी मुम्बईबाहिर कुनै अज्ञात स्थानमा दिन बिताइरहेको बताएका छन् । उनी किन अज्ञात स्थानमा गए भन्ने स्वयं आफन्तलाई पनि थाहा छैन ।

अनुरागकी छोरी हालका दिनमा फ्रान्समा छिन् । अनुरागसँग कसैको सम्पर्क हुन सकेको छैन । उनको मोबाइल स्वीचअफ छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ११ : ३० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक