पाथीभरामा हेलिकोप्टरमार्फत दर्शन गर्न पुग्ने तीर्थयात्री बढे | Khabarhub Khabarhub

पाथीभरामा हेलिकोप्टरमार्फत दर्शन गर्न पुग्ने तीर्थयात्री बढे


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- माउन्टेन, कैलाश र सिम्रिक एयरका हेलिकोप्टरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको करिब तीन महिना भएको छ । धरान, इलाम, काठमाडौंदेखि प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीको संख्या बढेको छ ।

धरानको भेडेटारबाट दसैंयता ७० उडान (फ्लाइट) भएको छ । जसमा चार सय ५० जना तीर्थयात्री भेडेटारदेखि पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एन्ड टुरका मार्केटिङ म्यानेजर पविन श्रेष्ठ बताए ।

बिहान बिहानै हेलिकोप्टरका आवाजले फुङ्लिङ बजारबासीको बिहान सबेरै उठ्ने बानी विकास हुँदै गएको ताप्लेजुङका स्थानीय चितेन लिम्बूले बताए ।

सदरमुकाम फुङलिङ, पॉचथर, धरान र धनकुटाको भेडेटारबाट पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीहरू रोसार आएको  पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

धरानबाट ३२ हजार रुपैयाँमा यात्रु उडाउने गरेको धरान होलिडे ट्राभल एन्ड टुर्सका मार्केटिङ म्यानेजर श्रेष्ठ बताए । यो वर्ष हेलिकाेप्टरमा चढेर पाथीभरा जाने यात्रुको संख्या उल्लेख्य भए पनि मौसमले साथ नदिएका कारण कम उडान भएको धरान होलिडे ट्राभल एन्ड टुर्सले जनाएको छ ।

यात्रुका हिसाबले एकपटकमा पॉचजना बोक्ने हेलिकोप्टरले धरानबाट एउटा उडानमा एक लाख ६० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

फुङलिङबाट १० हजार पॉचथरको फिदिमबाट २२ र इलामको कन्यामबाट ३५ हजार भाडा लिने गरेको मेवाखोला हिल रिसाेर्टका सञ्चालक सुरेश लिम्बूले बताए ।

काठमाडौँबाट सिधै आउने यात्रुको संख्या पनि उल्लेख्य रहेको पाथीभराका पुजारी डिल्ली आचार्यले बताए । तर  हेलिकोप्टरबाट कति संख्यामा तीर्थयात्री आए तथ्यांक राख्ने नगरेको क्षेत्र विकास समितिले जनाएको छ । ‘हामीले पैदल हिँडेर जानेको तथ्यांक राख्ने गरेका छौं, हेलिकोप्टरबाट आउनेको छैन’, काफ्लेले भने ।

दसैंको नौरथा सुरु भएको २१ असोजदेखि १४ मंसिरसम्म ५५ हजारभन्दा बढीले पाथीभरा दर्शन गरेको पाभीभरा क्षेत्र विकास समितिले जनाएको छ । दुई वर्षअघि चैतमा एकैदिन १७ हजारले दर्शन गरेको तथ्यांक पाथीभरा क्षेत्र विकास समितिसँग छ  ।

पाथीभरामा तीर्थयात्रीले चढाएको आठ करोड रुपैयाँ बैंक मौज्दात छ । पाथीभरा क्षेत्र विकास समितिमा (सरकारद्वारा गठित समिति) चालू आव २०७८को असार मसान्तसम्म तीन करोड २७ लाख ३० हजार सात सय ५८ रुपैयाँ बैंक मौज्दात छ ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संम्बर्द्धन समितिमा (समुदायस्तरमा गठित समिति) तीन करोड ३३ लाख ३५ हजार दुई सय सात रुपैयाँ छ । सरकारी र समुदायस्तरबाट गठित दुवै समितिको खातामा गरी कुल आठ करोड भेटी संकलन बैंक मौज्दात रहेको क्षेत्र विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : २५ बजे

राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड

गुल्मी– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका

सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै काठमाडौं महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटीभी

गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

पोखरा– गण्डकी प्रदेशसभामा सामान्य छलफलपछि संशोधन प्रस्तावसहित ‘औषधिजन्य तथा औद्योगिक

नेपालको निर्वाचनमा सक्दो सहयोग गर्ने चीनकाे प्रतिबद्धता

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन् सङले आम निर्वाचन सफलतापूर्वक

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१