प्रिमियरमा रुचाइयो ‘कठपुतली’ « Khabarhub

प्रिमियरमा रुचाइयो ‘कठपुतली’


१५ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’को बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको छ । फिल्म हेरेपछि फिल्मकर्मीले कलाकारको अभिनय, निर्देशन, स्क्रिनप्ले, छायांकन, साउन्ड डिजाइन, लाइटिङ, फ्रेमिङ र सम्पादनको प्रशंसा गरे ।

निर्माता तथा निर्देशक आकाश अधिकारीले फिल्मको पटकथा राम्रो रहेकाले दर्शकलाई फिल्मे बाँध्ने बताए । अर्का निर्देशक प्रदीप भट्टराईले फिल्मको साउन्ड, लाइटिङ, प्रोडक्सन, कस्ट्यूम, अभिनयको कुराले फिल्म बलियो बनेको जनाए । उनले फिल्ममा उठाइएको महिला सशक्तिकरणको कुराले फिल्म हेर्न लायक बनेको दाबी गरे ।

अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले फिल्ममा पहिलो पटक स्वदेशी भूत हेर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

भीमसेन लामा निर्देशित फिल्म मिथिला शर्मा, कर्मा र उषा रजकमाथि केन्द्रित छ । पिताको गलत निर्णयले ढल्ने अवस्थामा पुगेको राजतन्त्रलाई जोगाउन निस्किएको राजकुमारको जीवनमा आउने विभिन्न घटनाक्रमलाई देखाइएको फिल्ममा मिथिला शर्माको अभिनय बुलन्द छ । फिल्ममा गौरी मल्ल र शिल्पा मास्केको पनि अभिनय छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  १ : २४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको