कामसूत्र अनुसार यी १० गुण भएका पुरुषप्रति स्त्री लोभिन्छन् « Khabarhub

कामसूत्र अनुसार यी १० गुण भएका पुरुषप्रति स्त्री लोभिन्छन्


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

केही बर्षयता बलात्कारका घटनाहरु बढ्दै गएका छन् । यौनका बिषयमा मानिसमा रहेको विकृत मानसिकताका कारण बलात्कारका घटना हुने गरेका छन् । तर सदियौंपूर्व यौनलाई व्यवस्थित र अनुशासित बनाउन लेखिएको पुस्तक थियो, कामसूत्र । कामसुत्रमा यौनका बिषयमा खुलेर चर्चा गरीएको थियो ।

कामसूत्र भनेको केवल यौनक्रियाकलाप मात्र होइन, यसमा यौनसँगै जोडिएका थुप्रै बिषयमा ज्ञानहरु उल्लेख छ । कामसूत्रले सदियौबाट रतिक्रिया र संभोगको बारेमा मार्गदर्शन गर्दै आएको छ । यो पुस्तकमा संभोगको पोजिसनसाथै प्रेम जीवन सुमधुर बनाउने यौनका बारेमा उल्लेख छ । सोहि पुस्तक कामसूत्रमा पुरुषका केहि यस्ता गुणबारे उल्लेख छ, जसले स्त्रीलाई कसरी आर्कषित गर्न सक्छन् भन्ने चर्चा गरिएको छ ।

१. कामसुत्रमा उल्लेख भए अनुसार स्त्रीहरु शक्तिशाली पुरुषप्रती आर्कषित हुन्छन् । शक्तिशालीका अलावा प्रेमपूर्वक र सम्मानजनक व्यवहार गर्ने पुरुषले स्त्रीलाई लोभ्याउँछन् ।
२. कामसूत्र अनुसार जो पुरुष आफ्नी बाहेक अन्य कुनै पनि स्त्रीप्रति मोहित हुँदैनन्, उनीहरु श्रेष्ठ रहन्छन् । यस्तो गुण भएका पुरुषप्रती स्त्रीको आर्कषण रहने गर्दछ ।
३. कामसूत्रमा उल्लेख गरिएको सूत्र अनुसार साहसी र शूरवीर पुरुषले सधै महिलालाई आकषिर्त गर्न सफल हुन्छन् ।
४. जो पुरुषमा महिलाको विश्वास जित्ने र भावना बुझ्ने गुण हुन्छ, उनीहरु नै स्त्रीलाई रिझाउन र आर्कषित गर्न सफल हुन्छन् ।
५. कामसूत्रका अनुसार हरेक स्त्री पुरुषबाट त्यही कुराको अपेक्षा गर्छन्, जो पुरुषले आफ्नो स्त्रीलाई लामो समयसम्म प्रेम गरोस् ।
६. कामसूत्रका अनुसार महत्वकांक्षी र उत्साहित पुरुषले स्त्रीलाई सजिलै आकषिर्त गर्न सक्छन् । जहाँ हतोत्साहित पुरुषले स्त्रीलाई लोभ्याउन सक्दैनन् ।
७. कामसूत्रका अनुसार विद्वता भएका पुरुषप्रती महिला आर्कषित हुने गर्दछन् । यस्तो गुण भएका पुरुषले महिलालाई रिझाउन क्षमता राख्दछन् ।
८. कामसूत्र अनुसार जुन पुरुषमा महिलाको कुरा सुन्ने गुण हुन्छ वा कुनै प्रसंग वा घटना सुनाउने क्षमता राख्छन् त्यस्ता पुरुषप्रती स्त्री सजिलै आकषिर्त हुन्छन् ।
९. कामसूत्रमा उल्लेख गएको गुण अनुसार पुरुष त्यागी हुनुपर्छ । साथै अर्कोको निन्दा गर्ने बानी हुनुहुँदैन । यस्ता पुरुष हमेशामा स्त्रीको नजरमा पर्दछन् ।
१०. कुनैपनि काम गर्दा द्विविधामा पर्ने पुरुषलाई स्त्रीले रुचाउँदैनन् । आत्माविश्वासले भरिपूर्ण र कुनैपनि काममा द्विविधा नराख्ने पुरुषप्रती स्त्री आर्कषित हुने गर्दछन् ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ५ : २५ बजे

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष

क्यान महासंघमा नेतृत्व परिवर्तन : अधिकारीले सम्हाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं- नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन, कम्युटर

‘रविको मुद्दा फिर्ताले नेपाल कालोसूचीमा पर्ने जोखिम बढ्यो’

काठमाडौं- नेपाल एक वर्षभन्दा लामो समयदेखि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी

अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति

काठमाडौं– सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ