सुदूरपश्चिममा एमालेबाट मन्त्री बनेका ६ जनालाई पार्टीबाट निष्कासनका लागि सिफारिस « Khabarhub

सुदूरपश्चिममा एमालेबाट मन्त्री बनेका ६ जनालाई पार्टीबाट निष्कासनका लागि सिफारिस


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीबाट निष्कासन गर्न एमाले प्रदेश कमिटीले सिफरिस गरेको छ ।

सरकारमा सहभागी ६ मन्त्री र सचेतक दुर्गा कामीले स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारवाहीका लागि सिफरिस गरिएको हो ।

कारवाहीका लागि भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज र एमाले संसदीय दलकी सचेतक दुर्गाकुमारी कामी नाम सिफारिस गरिएको हो ।

गत सोमबार भएको एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

गत शुक्रबार मात्र एमालेले सरकारमा रहेका ३ जना मन्त्रीलाई राजीनामा दिन लगाएर ७ जना मन्त्री थपेको थियो । सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित नेकपा एमालेका २५ जना प्रदेशसभा सदस्य रहेका छन् ।

उनीहरुमध्ये माधव नेपाल समूहका १८ र ओली समूहका ६ जना छन् ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  २ : ०१ बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन