सुदूरपश्चिममा एमालेबाट मन्त्री बनेका ६ जनालाई पार्टीबाट निष्कासनका लागि सिफारिस « Khabarhub

सुदूरपश्चिममा एमालेबाट मन्त्री बनेका ६ जनालाई पार्टीबाट निष्कासनका लागि सिफारिस


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीबाट निष्कासन गर्न एमाले प्रदेश कमिटीले सिफरिस गरेको छ ।

सरकारमा सहभागी ६ मन्त्री र सचेतक दुर्गा कामीले स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारवाहीका लागि सिफरिस गरिएको हो ।

कारवाहीका लागि भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज र एमाले संसदीय दलकी सचेतक दुर्गाकुमारी कामी नाम सिफारिस गरिएको हो ।

गत सोमबार भएको एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

गत शुक्रबार मात्र एमालेले सरकारमा रहेका ३ जना मन्त्रीलाई राजीनामा दिन लगाएर ७ जना मन्त्री थपेको थियो । सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित नेकपा एमालेका २५ जना प्रदेशसभा सदस्य रहेका छन् ।

उनीहरुमध्ये माधव नेपाल समूहका १८ र ओली समूहका ६ जना छन् ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  २ : ०१ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार