व्यास नगरपालिकाले एसीसहितको एम्बुलेन्स चलाउने | Khabarhub Khabarhub

व्यास नगरपालिकाले एसीसहितको एम्बुलेन्स चलाउने


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- व्यास नगरपालिकाले वातानुकूलित (एसी) सहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले एम्बुलेन्स खरिद गरेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

सो एम्बुलेन्स रु १२ लाख ९५ हजारमा खरिद गरेर ल्याइएको व्यास नगरपालिकाले जनाएको छ । नगरवासीको स्वास्थ्य सुरक्षाका लागि स्ट्रेचर, अक्सिजन सिलिन्डर, प्राथमिक स्वास्थ्य सामग्रीसहितको एम्बुलेन्स सेवा सञ्चालन गरिने व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

नगरपालिकाको मापदण्डअनुसार एम्बुलेन्स सञ्चालन प्रक्रियालाई अगाडि बढाइने र नगरवासीलाई सहजरुपमा सेवा प्रदान गरिने जनाइएको छ । कोभिड–१९ र बन्दाबन्दीका कारण सम्झौता भएको करिब छ महिनापछि मात्रै एम्बुलेन्स ल्याइएको हो ।

निकट भविष्यमा व्यास नगरपालिका–१० स्थित दुम्सी बजारमा सञ्चालनमा ल्याउन लागेको व्यास नगर कोभिड व्यवस्थापन अस्पतालका लागि एम्बुलेन्स प्रयोगमा ल्याइने नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

व्यास नगरपालिकाको आफ्नो एम्बुलेन्स नहुँदा विपद्को समयमा सास्ती भोग्नुपरेको थियो । यसअघि दमौली बजार एकाइ समितिले नगरपालिकालाई प्रदान गरेको एम्बुलेन्सबाट कोभिडका बिरामीलाई सेवा प्रदान गरिएको थियो । नयाँ एम्बुलेन्स आएसँगै उक्त पुरानो एम्बुलेन्सलाई शवबाहनको रुपमा प्रयोग गरिने बताइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : १० बजे

दार्चुला जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु

खलङ्गा– दार्चुलाको नौगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते हुनुभएको

विद्या भण्डारीको कार्यालय उद्घाटनमा सुरेन्द्र पाण्डे, कर्ण थापा र विनोद ढकाल पनि

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा ढिलो गरी

गगन थापाको गुनासो- सरकार सफल हुनुपर्छ भन्नेमा छु तर संयन्त्रको बैठकमा कुरा सुन्दैनन् 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी र नेकपा

पूर्वराष्ट्रपति भण्डारीले खोलिन् सम्पर्क कार्यालय (लाइभ)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय काठमाडौंको थापागाउँमा स्थापना हुने

विद्या भण्डारीलाई साथ दिन पुगे ईश्वर पोखरेल र युवराज ज्ञवाली  

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्‌घाटन कार्यक्रममा सहभागी हुन