स्याङ्जामा  थपिए कांग्रेसका दश हजारभन्दा बढी क्रियाशील सदस्य « Khabarhub

स्याङ्जामा  थपिए कांग्रेसका दश हजारभन्दा बढी क्रियाशील सदस्य


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ- स्याङ्जामा नेपाली कांग्रेसका दश हजार नयाँ क्रियाशील सदस्य थपिएका छन् ।

पार्टीको आसन्न १४औँ महाधिवेशनलाई लक्षित गरी पुराना सदस्यको नवीकरणका साथै नयाँ दश हजार सदस्यता थप भएको कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर रानाले जानकारी दिए ।

तेह्रौँ महाधिवेशनमा क्रियाशील रहेका पुराना सदस्य ११ हजार २५६ रहेकामा नौ हजार ३४१ ले नवीकरण गरेका हुन् । क्रियाशील सदस्य सङ्ख्यालाई दोब्बर बनाउने लक्ष्यअनुसार थप क्रियाशील सदस्यता वितरण गरिएको कावा सभापति रानाले बताए ।

जिल्लामा पुरानो क्रियाशील सदस्यमध्ये हाल नवीकरण भएका नौ हजार ३४१ र नयाँ सदस्यता १० हजार आठ गरी कूल १९ हजार ३४९ रहेका छन् ।

पाँच नगरपालिका र छवटा गाउँपालिका रहेको स्याङ्जामा सबैभन्दा धेरै वालिङ नगरपालिकामा चार हजार ३८५ र सबैभन्दा कम हरिनास गाउँपालिकामा ४९३ जना क्रियाशील सदस्य रहेका छन् ।

वालिङमा नयाँ दुई हजार २३९, पुतलीबजारमा एक हजार ६१०, चापाकोटमा एक हजार ३५१, गल्याङमा एक हजार १७१, भिरकोट नगरपालिकामा एक हजार ८० थपिएका हुन् ।

त्यस्तै कालीगण्डकीमा ६८८, आँधीखोलमा ४५३, अर्जुनचौपारीमा ४३१, बिरुवामा ४२१, फेदीखोलामा ३१० र हरिनास गाउँपालिकामा २५४ नयाँ क्रियाशील सदस्यता थपिएको छ ।

नयाँ र पुराना क्रियाशील सदस्यता गरी वालिङमा चार हजार ३८५, पुतलीबजारमा तीन हजार १५९, चापाकोटमा दुई हजार ४१५, गल्याङमा दुई हजार ३८१, भिरकोटमा एक हजार ९६० रहेका छन् ।

त्यस्तै कालीगण्डकीमा एक हजार ३४८, आँधीखोलामा ९१५, अर्जुनचौपारीमा ८८७, बिरुवामा ८२८, फेदीखोलामा ५७८ र हरिनासमा ४९३ क्रियाशील सदस्य पुगेका छन् ।

आसन्न १४ औँ महाधिवेशनका लागि वडा, नगर, क्षेत्र, जिल्ला तथा केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि पछिल्लो समयमा आएर स्थगित भएको छ ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा तातेको जिल्लाको चुनावी सरगर्मी निर्वाचनको मिति सरेसँगै विस्तार घटेको छ । यद्यपि विभिन्न तहमा उम्मेदवारीको आकांक्षीमा देखिएका नेताले भने भेटघाटलाई निरन्तरता दिएका छन् ।

नेताहरु सामूहिक वा व्यक्तिगतरुपमा कार्यकर्तालाई आफ्नो पक्षमा पार्नका लागि रणनीति बुन्दैछन् । वडा, नगर, क्षेत्र तथा जिल्लामा नेतृत्वमा सम्भावित आकांक्षीमध्ये केहीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीले पर्ख र हेरको अवस्थामा रहेका देखिन्छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ११ : ४० बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका