सर्पले डसेका बिरामीको सङ्ख्या बढ्दै | Khabarhub Khabarhub

सर्पले डसेका बिरामीको सङ्ख्या बढ्दै


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- अत्यधिक गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार एक/दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन् ।

केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाइ उद्धृत गर्दै डा साहले बताए ।

पछिल्लो समय जिल्लामा भएको भारी वर्षापश्चात् सर्प बस्ने ठाउँमा पानी भरेको र सर्प लुक्ने झारीसमेत ओसिलो भएको कारण सर्प गाउँ बस्तीमा पस्ने गरेको पाइएको छ । त्यही क्रममा कुनै प्रकारले सर्पलाई मानिसबाट नोक्सानी भएको पाइएमा वा नजानेर पनि सर्पलाई छुन गएको खण्डमा सर्पले टोक्ने गरेको डा. साहले बताए ।

डा. साहले अस्पताल आउनेमध्ये बढीलाई विषरहित सर्पले डसेको तथा केही मात्रै विषालु सर्पले डसेको बिरामी आउने गरेको बताए । अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी देखिएको स्थानीयवासीले बताएका छन् ।

जिल्लाको विभिन्न गाउँठाउँबाट दर्जनौँ व्यक्ति उपचारका लागि आउने यस अस्पतालमा सीमापारि भारतको विभिन्न ठाउँठाउँबाट पनि सर्पले डसेको बिरामी उपचारार्थ आउँछन् ।

महोत्तरीमा देखापर्ने विषरहित सर्पमा ढोरिया, हरहरालगायतका छन् भने विषालुमा सबैभन्दा बढी व्यक्तिलाई टोक्ने र सबैतिर सजिलै भेटिने करेत र गोमन छन् ।

विगत दुई सातादेखि जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामी दैनिकरुपमा आउने गरेका छन् । यस वर्ष अहिलेसम्म सर्पले टोकेर जलेश्वर अस्पतालमा उपचारका लागि आइसकेका कुनै पनि व्यक्तिको मृत्यु नभएको डा. साहले बताए ।

उनले जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीलाई लगाइने एन्टी स्नेक भेनम सुइँ पर्याप्त रहेको बताए । सर्पले डसेको बिरामीलाई विषको मात्रा हेरी एन्टी स्नेक भेनमको भाइल (डोज) लगाउने गरिन्छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १० : १० बजे

जंगीअड्डा अगाडि जेन-जीको नाराबाजी, माइकिङ गर्दै सेना (तस्बिरहरू

काठमाडौँ- सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने रस्साकस्सी चलिरहेका बेला

झापाबाट ९२ जना थुनुवा फरार

झापा– ‘जेन-जी’ प्रदर्शनका क्रममा झापाका विभिन्न इलाका प्रहरी कार्यालयको हिरासतबाट

पोखरामा आज साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज बिहान ११

जेन-जी दाबी गर्दै विभिन्न समूहबीच जङ्गीअड्डा अगाडि आज पनि विवाद

काठमाडौँ – आफूलाई जेन-जी पुस्ता दाबी गरेका विभिन्न समूहले सैनिक

नख्खुबाट रवि निस्किएसँगै विभिन्न जेलबाट भागेका १६७ जना कैदी समातिए

काठमाडौँ- देशका विभिन्न कारागारबाट भागेका डेढ सय कैदी सिन्धुलीबाट पक्राउ