जसपाले आज संसदीय दलको नेता चयन गर्दै « Khabarhub

जसपाले आज संसदीय दलको नेता चयन गर्दै


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जसपाको संसदीय दलको नेता आज चयन हुने भएको छ ।

यसका लागि आज बिहान ११ बजे बैठक बस्न लागेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको नेता चयन गर्नका आज चुनाव गर्ने निर्णय गरेको थियो । यद्यपि सकेसम्म सहमतिका आधारमा नेता छान्ने प्रयास गरिने नेताहरुले बताएका छन् ।

मंगलबारदेखि चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्यविभाजन गरेको थियो । जसअनुसार नवराज सुवेदीलाई पार्टीभित्र पर्ने उजुरी छानविन गर्ने समितिको संयोजक बनाइएको छ ।

यस्तै नरसिंह चौधरीलाई लक्ष्मणलाल कर्णको ठाउँमा अनुशासन समितिको संयोजक बनाइएको छ । कर्ण महन्थ ठाकुर पक्षमा लागेपछि उनको ठाउँमा संयोजकको जिम्मेवारी चौधरीलाई दिइएको हो ।

जसपाको यसअघि बसेको बैठकले संसदीय दलको विधान पारित गरिसकेको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्ने नेताहरुको नामावली माग गर्दा पनि जसपाले पठाउन सकेको छैन ।

मन्त्री छान्न उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई जिम्मा दिइएको छ । केन्द्रीय कार्यकारिणी समितिका एक नेताका अनुसार उपेन्द्र यादवको नेतृत्वमा नै पार्टी सरकारमा सहभागी हुनेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : ५५ बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,