बैतडीमा साउन मसान्तसम्म निषेधाज्ञा « Khabarhub

बैतडीमा साउन मसान्तसम्म निषेधाज्ञा


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो ।

यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौँ पटक निषेधाज्ञा थपिएको थियो । आजदेखि लागू हुने गरी सातौँ पटक निषेधाज्ञा थपिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधिमा स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने जनाइएको छ ।

निषेधाज्ञामा पसल बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा रहने बताइएको छ । यस्तै विवाह, व्रतबन्धजस्ता धार्मिक कार्यक्रममा बढीमा २५ जना सहभागी भएर सम्पादन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैतडीमा गत वैशाख २० गतेदेखि जारी गरिएको निषेधाज्ञामा खुकुलो पार्दै लम्ब्याइएको हो । कोरोना भाइरसको तेस्रो लहरको समेत चेतावनी आइरहेकाले सतर्क रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

जिल्लामा अहिले २७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ११ : ५५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका