बैतडीमा साउन मसान्तसम्म निषेधाज्ञा « Khabarhub

बैतडीमा साउन मसान्तसम्म निषेधाज्ञा


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो ।

यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौँ पटक निषेधाज्ञा थपिएको थियो । आजदेखि लागू हुने गरी सातौँ पटक निषेधाज्ञा थपिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधिमा स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने जनाइएको छ ।

निषेधाज्ञामा पसल बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा रहने बताइएको छ । यस्तै विवाह, व्रतबन्धजस्ता धार्मिक कार्यक्रममा बढीमा २५ जना सहभागी भएर सम्पादन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैतडीमा गत वैशाख २० गतेदेखि जारी गरिएको निषेधाज्ञामा खुकुलो पार्दै लम्ब्याइएको हो । कोरोना भाइरसको तेस्रो लहरको समेत चेतावनी आइरहेकाले सतर्क रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

जिल्लामा अहिले २७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ११ : ५५ बजे

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग

कोइराला निवास पुगेर प्रचण्ड-माधवले भेटे शेखरलाई 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री