अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी रुपमा मनाइँदै « Khabarhub

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी रुपमा मनाइँदै


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय युवा परिषद्ले ‘यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस’ साताव्यापीरुपमा मनाउने भएको छ । ‘खाद्य प्रणालीमा रुपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइन थालिएको हो ।

दिवसलाई सफल पार्न युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह समिति र परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलको अध्यक्षतामा सचिवालय समारोह गठन गरिएको छ ।

परिषद्ले युवाको नेतृत्व विकासका लागि दिवसका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । दिवस यही साउन २८ गते (अगस्ट १२) तारिखका दिन मनाइँदै छ । परिषद्का उपाध्यक्ष ढुङ्गेलका अनुसार यही साउन १८ गतेदेखि युवाका नीतिसम्बन्धी अन्तक्रिया, वतृत्वकला, रक्तदान, वृक्षरोपण, लोकदोहरी प्रतियोगिता गरिने छ ।

दिवसका दिन परिषद्ले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्यमा भव्य कार्यक्रम गर्ने भएको उनले जानकारी दिए । उनले कोरोना भाइरसका कारण यसपटक पनि भर्चुअलरुपमा दिवस मनाउन थालिएको बताए ।।

दिवस मनाउनका लागि ७७ जिल्ला युवा समिति र राष्ट्रिय युवा सञ्जाललाई निर्देशन दिइसकेको जानकारी दिए । जिल्लास्तरमा युवासम्बन्धी गतिविधि गरेर दिवस मनाइने गरिन्छ । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारीरुपमा परिषद्को अगुवाइमा २०७३ सालदेखि मनाउन थालेको हो ।

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगतरूपमा समावेश गरेको छ । सरकारले २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । नेपालमा कूल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा रहेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १० : १५ बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक