सञ्चार संस्थालाई निःशुल्क विद्युत् उपलब्ध गराउने प्रदेश २ सरकारको तयारी « Khabarhub

सञ्चार संस्थालाई निःशुल्क विद्युत् उपलब्ध गराउने प्रदेश २ सरकारको तयारी


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– प्रदेशभित्र सञ्चालित सबै सञ्चार संस्थालाई निःशुल्क बिजुली उपलब्ध गराउने योजनामा प्रदेश नं २ सरकार लागेको ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले जानकारी दिएका छन् ।

नेपाल प्रेस युनियन पर्साले शनिबार वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशभित्र सञ्चालित सञ्चार संस्थालाई आर्थिक रुपमा बलियो बनाए लोकतन्त्र बलियो हुनाका साथै भ्रष्टाचार नियन्त्रणमा मद्दत पुग्ने भएकाले सञ्चार संस्थालाई सौर्य ऊर्जामार्फत निःशुल्क विद्युत् आपूर्ति गर्ने योजनामा प्रदेश सरकार लागेको जानकारी दिए ।

उनले प्रदेशमा सञ्चालित रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायत कार्यालयमा प्राप्त हुने विद्युत्‌को रकम मात्र जोगाउन सकिए सञ्चार संस्थालाई ठूलो आर्थिक सहयोग हुने भएकाले सञ्चारकर्मी र सञ्चार गृहको विकासका लागि योजना ल्याउने तयारीमा लागेको बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : ४५ बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक