दार्चुला घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन, एसएसबीको ज्यादती रोक्न माग « Khabarhub

दार्चुला घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन, एसएसबीको ज्यादती रोक्न माग


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले महाकाली नदीमा रहेको तुइनको डोरी काट्दा दार्चुलाको ब्यास गाउँपालिका – २ का जयसिंह धामी बेपत्ता भएको घटनाको नेपाल कम्युनिष्ट पार्टीले विरोध गरेको छ ।

शनिबार काठमाडौँमा विरोध प्रदर्शन गर्दै सो पार्टीले सीमाक्षेत्रका जनताको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ । प्रदर्शनमा सहभागी भएकाहरुले भारतीय साम्राज्यवाद मुर्दावाद, सीमामा भारतीय ज्यादती बन्द गर, लिपुलेक कालापानी हाम्रो हो, नेपाल र नेपालीमाथिको हत्या हिंसा बन्द गर लगायतका नारा लगाएका थिए ।

धामी महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटी दिँदा महाकाली नदीमा बगेर बेपत्ता भएका थिए । एसएसबीको उक्त कार्यको नेपालमा विरोध भइरहेको छ ।

यस्तै, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी उक्त घटनाका बारेमा यथार्थ विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

शुक्रबार महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका–२ का धामी नदीमा बगेका थिए । तुइनमा महाकाली तरिरहेको बेला भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा उक्त घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा संलग्न भारतीय एसएसबी जवानलाई कारवाहीको दायरामा ल्याउन सरकारले ठोस पहल गर्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “उखु किसानसँग पटक–पटक सम्झौता गरेर पनि वर्षौँदेखि करोडौँ बक्यौता रकम किसानलाई नदिने, झुलाउने र अलपत्र पार्ने जुन जालझेल राज्यले गर्दै आएको छ त्यसको जोडदार विरोध गर्दै सर्लाही, रौतहट र नवलपरासीका उखु किसानको वर्षौँदेखिको बक्यौता हर्जाना र ब्याजसहित सम्पूर्ण रकम असुलउपर गरियोस् ।”

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : ४५ बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक