कर्णालीमा बढ्न थाल्यो कोरोना सङ्क्रमण दर « Khabarhub

कर्णालीमा बढ्न थाल्यो कोरोना सङ्क्रमण दर


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुनः उकालो लागेको छ । सङ्क्रमणको जोखिम कम हुँदै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै सङ्क्रमणदर पनि बढेको हो ।

पछिल्लो चौबीस घण्टामा पीसीआर परीक्षण गरिएका ५७ मध्ये २७ जनामा सङ्क्रमण देखिएको छ । कर्णालीमा कोरोना जोखिम कायमै रहेको र सम्भावित तेस्रो लहरमा सङ्क्रमण उच्चदरमा फैलिन सक्ने स्वास्थ्यकर्मीको चिन्ता छ । प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले कर्णालीमा पछिल्लो एक महिनायता सङ्क्रमण बढ्दै गएको बताए । प्रदेशका १० जिल्लामध्ये सुर्खेतमा बढी सङ्क्रमित छन् । “पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्लामा सुर्खेत पुनः परेको छ”, उनले भने, “निषेधाज्ञा खुकुलो पारिँदा मानिसले स्वास्थ्य मापदण्ड पालनामा चरम बेवास्ता गर्दा सङ्क्रमण बढ्दो छ, कूल परीक्षणको २५ प्रतिशत सङ्क्रमण देखिएको छ ।” सङ्क्रमण बढेसँगै परीक्षणको दायरालाई पनि फराकिलो बनाइएको छ ।

वैशाख महिनाको शुरुआतदेखि तीव्रगतिमा फैलिएको दोस्रो भेरियन्टको कोरोना सङ्क्रमण जेठ तेस्रो सातादेखि ओरालो लागेको तर पछिल्लो समय निषेधाज्ञा खुकुलो हुन गई जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही गर्दा सङ्क्रमणदर पुनः बढेको छ । कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि यहाँका अधिकांश जिल्लाले यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिएका छन् । तर पछिल्लोपटक जारी निषेधाज्ञालाई भने निकै खुकुलो पारिएको छ ।

स्वास्थ्य निर्देशक डा खड्काले तेस्रो चरणको सङ्क्रमण फैलिन नदिन रोकथाम, उपचारका लागि आवश्यक पूर्वतयारी थालिएको र खोप अभियान पनि सञ्चालन गरिएको जानकारी दिए । “सुर्खेतमा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर बैंक स्थापनाका लागि सङ्घीय सरकारले बजेट पठाएको छ, त्यसको छिट्टै स्थापना गर्छौँ”, उनले भने, “सुर्खेत र जुम्लामा अक्सिजन प्लान्ट सञ्चालनमै छ, अब कालिकोट, दैलेख र चौरजहारी अस्पतालमा फिलिङसहितको अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी छ ।”

कोरोनोको तेस्रो लहरलाई मध्यनजर गरी सङ्घीय सरकारको सहयोगमा सुर्खेतको मेहेलकुना अस्पताल, मुगु अस्पताल र रुकुम पश्चिममा सघन उपचारकक्ष स्थापना तथा सञ्चालनको तयारी भइरहेको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णाली प्रदेशमा एक लाख ६२ हजार ९१० जनामा गरिएको कूल परीक्षणमा ३० हजार बढी सङ्क्रमित भइसकेको जनाएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणमा २० हजार ३४० तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नौ हजार ८५० गरी ३० हजार १९० जना कोरोना सङ्क्रमित भइसकेका छन् । तीमध्ये निको भएका २८ हजार १६७, आइसोलेशन तथा अस्पतालहरूमा उपचाररत ६८० रहेका छन् भने ३५२ जनाको मृत्यु भइसकेको छ ।

निर्देशनालयका अनुसार मृत्यु हुनेमा सुर्खेतका सबैभन्दा बढी छन् । सुर्खेतका २०३, सल्यानका ५३, रुकुम पश्चिमका ३४, दैलेखका २४ र जुम्लाका १४ जना रहेका छन् । त्यस्तै कोभिड–१९ कै कारण डोल्पा, कालिकोटका पाँच/पाँच, हुम्लाका चार, जाजरकोट, मुगुका तीन/तीन र प्रदेश बाहिरका चार जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ । –रासस

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : ०१ बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक