भारतीय पक्षले भन्यो : तुइन तर्ने क्रममा धामी आफैँ खसेका हुन्, एसएसबीको संलग्नता छैन « Khabarhub

भारतीय पक्षले भन्यो : तुइन तर्ने क्रममा धामी आफैँ खसेका हुन्, एसएसबीको संलग्नता छैन


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै घटनाबारे बाहिर आएको जस्तो संलग्नता एसएसबीको नरहेको दाबी गरेका हुन् ।

दार्चुलाका प्रजिअ जोशीले आफूहरूले गरेको पत्राचारको लिखित जवाफ भारतीय पक्षले पठाएको जानकारी दिए ।
उनका अनुसार भारतीय पक्षले तुइन तर्न नसकेर युवक आफैँ नदीमा खसेको र उक्त घटनामा एसएसबीको संलग्नता नभएको दाबी गरेको छ ।

भारत पिथौरागढका जिल्ला अधिकारीले बाहिर आएजस्तो एसएसबीको संलग्नता नरहेको र त्यो आफूहरूको उद्देश्य पनि नभएको बताएका छन् ।

घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी आनन्द स्वरुपले पत्रमा उल्लेख गरेको प्रजिअ जोशीले जानकारी दिए ।

घटनापछि युवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली समेत महाकाली नदीमा परिचालन गरेको जनाएको छ । पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेका छन् ।

शुक्रबार बिहान भारतीय भूमिबाट सदरमुकाम खलंगा आउने बेला व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर नदीमा बेपत्ता भएका थिए ।

शुक्रबार बिहान नदीमा खसेका धामीको अवस्था भने अझै अज्ञात छ । घटनाको छानविनका लागि गृह मन्त्रालयले समेत टोली गठन गरिसकेको छ ।

उक्त घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ भने विभिन्न राजनीतिक दल तथा संगठनहरूले छानविनको माग गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : ०४ बजे

थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालियो

मनाङ- अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले

पदाधिकारी पदमुक्तिको कानुनी रिक्तता हटाउन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक पदाधिकारीको

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा इरानले राखेको

प्रधानमन्त्रीले बोलाए ३ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने भएको छ । 

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका