भारतीय पक्षले भन्यो : तुइन तर्ने क्रममा धामी आफैँ खसेका हुन्, एसएसबीको संलग्नता छैन « Khabarhub

भारतीय पक्षले भन्यो : तुइन तर्ने क्रममा धामी आफैँ खसेका हुन्, एसएसबीको संलग्नता छैन


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै घटनाबारे बाहिर आएको जस्तो संलग्नता एसएसबीको नरहेको दाबी गरेका हुन् ।

दार्चुलाका प्रजिअ जोशीले आफूहरूले गरेको पत्राचारको लिखित जवाफ भारतीय पक्षले पठाएको जानकारी दिए ।
उनका अनुसार भारतीय पक्षले तुइन तर्न नसकेर युवक आफैँ नदीमा खसेको र उक्त घटनामा एसएसबीको संलग्नता नभएको दाबी गरेको छ ।

भारत पिथौरागढका जिल्ला अधिकारीले बाहिर आएजस्तो एसएसबीको संलग्नता नरहेको र त्यो आफूहरूको उद्देश्य पनि नभएको बताएका छन् ।

घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी आनन्द स्वरुपले पत्रमा उल्लेख गरेको प्रजिअ जोशीले जानकारी दिए ।

घटनापछि युवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली समेत महाकाली नदीमा परिचालन गरेको जनाएको छ । पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेका छन् ।

शुक्रबार बिहान भारतीय भूमिबाट सदरमुकाम खलंगा आउने बेला व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर नदीमा बेपत्ता भएका थिए ।

शुक्रबार बिहान नदीमा खसेका धामीको अवस्था भने अझै अज्ञात छ । घटनाको छानविनका लागि गृह मन्त्रालयले समेत टोली गठन गरिसकेको छ ।

उक्त घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ भने विभिन्न राजनीतिक दल तथा संगठनहरूले छानविनको माग गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : ०४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना