पाकिस्तानमा सिन्ध प्रान्त भित्रै सिंचाई पानी चोरी भएको मन्त्रीको दाबी « Khabarhub

पाकिस्तानमा सिन्ध प्रान्त भित्रै सिंचाई पानी चोरी भएको मन्त्रीको दाबी


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- पकिस्तानको सिन्ध प्रान्तमा सिंचाई पानीको अभावबारे विवाद जारी  छ ।

सिन्ध प्रान्तमा सिंचाई पानीको अभाव रहेको आवाज उठिरहेको बेला अन्तर प्रान्तीय सहकार्य मन्त्री डा. फेमिदा मिर्जाले भने सिन्ध प्रान्त भित्रै पानी चोरी भइरहेको बताएकी छन् ।

सिन्ध प्रान्तमा सिंचाई पानी संकटबारे मुख्यगरी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का सांसद तथा नेताहरुले आवाज उठाइरहेका छन् । पीपीपी सांसद सयद नभिद कमरलाई जवाफ दिँदै मन्त्री फेमिदाले सिन्ध प्रान्त भित्रै पानी चोरी भएको बताएकी हुन् ।

सिन्ध प्रान्तमा पानी समस्या रहेको सत्य भएपनि कसको कारणले अभाव भएको र कसले पानी चोरी गरिरहेको छ भन्ने पत्ता लगाउनुपर्ने फेमिदाले बताइन् ।

कोत्री ब्यारेज र सुक्कुर ब्यारेजबाट पानी चोरी भइरहेको र यो पत्ता लगाउनु पर्ने फेमिदाले बताएकी छन् । सिन्ध सिंचाई मन्त्रीले उपनिर्वाचनअघि नै यी दुई ब्यारेजबाट अवैध रुपमा पानी चोरी हुन दिइरहेको फेमिदाको आरोप छ ।

यसअघि पीपीपी नेता सयद नभिद कमरले तल्लो सिन्ध क्षेत्रहरु बदिन, थत्ता, तान्डो मोहमद खान र मिरपुर खासमा चरम पानी संकट रहेको भन्दै इन्दुस रिभर सिस्टम ओथरिटीले अन्याय गरेको आरोप लगाएका थिए ।

सिन्ध प्रान्तमा सम्झौता अनुसार पानी उपलब्ध नभएको र पञ्जाब प्रान्तमा मात्रै धेरै पानी वितरण भइरहेको भन्दै आवाज उठ्ने गरेको छ ।

स्रोत द न्युज

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १० : १५ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो