‘ट्वाइलाइट’ निर्माताको फिल्ममा दीपिका « Khabarhub

‘ट्वाइलाइट’ निर्माताको फिल्ममा दीपिका


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– हलिउड फिल्म ‘ट्रिपल एक्स: द रिटर्न अफ जेन्डर केज’ पछि बलिउड अभिनेत्री दीपिका पादुकोण पुनः एकपटक हलिउड फिल्ममा देखिने भएकी छन् । यो एक्सन ड्रामा फिल्मपछि उनी एक रोमान्टिक कमेडी फिल्ममा देखिँदैछिन् । निर्माणको प्रक्रियामा रहेको यो फिल्म क्रस कल्चरमा आधारित हुनेछ ।

हालसम्म नाम फाइनल नभइसकेको फिल्मले दुई अलग अलग संस्कृतिलाई देखाउनेछ । यो फिल्ममा दीपिका प्रमुख भूमिका निभाएसँगै उनी एसटीएक्स फिल्मसँग सहकार्य गर्दै सहनिर्माता पनि बन्दैछिन् । दीपिकाले फिल्म ‘छपाक’मार्फत फिल्म निर्माणमा पाइला चालेकी थिइन् ।

दीपिकाले यो हलिउड फिल्मको लागि स्टुडियोको टेम्पल हिल प्रोडक्सनसँग कुराकानी गरिरहेकी छन् । जसले ‘ट्वालाइट’ फ्रेञ्चाइजी र ‘द फल्ट इन आवर स्टार्स’ जस्ता फिल्म निर्माण गरेको थियो ।

दीपिकाले अर्थपूर्ण सामाग्री बनाउनका लागि आफूले प्रोडक्सनको सुरुवात गरेको बताएकी छन् । ‘एसडीएक्स फिल्मस् र टेम्पल हिल प्रोडक्सनसँग सहकार्य गर्न पाउदा रोमाञ्चित भएकी छु । उनीहरु प्रभावशाली र विविधतापूर्ण विभिन्न संस्कृतिमा समावेश कथालाई विश्वका दर्शकमाझ लैजाने प्रयास गरिरहेका छन्’, दीपिकाले भनेकी छन् ।

एसटीएक्स फिल्मस्, इरोस एसटीएक्स ग्लोबल कर्पोरेसन फिल्म डिभिजन हो । जसमार्फत फिल्मको निर्माणका अलावा वितरणको काम पनि गर्दछ ।

दीपिकाले ‘ट्रिपल एक्स: द रिटर्न अफ जेन्डर केज’ मा प्रमुख भूमिका निभाएर हलिउडमा ‘डेब्यू’ गरेकी थिइने । फिल्ममा दीपिका विन डिजलको अपोजिटमा देखिएकी थिइन् ।

 

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १ : ४१ बजे

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट

लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा एआइ (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित एक्स–रेमार्फत

अलग्गै कसरतमा शेखर, फरक योजनासहित कांग्रेसभित्र रणनीति बनाउन सक्रिय

काठमाडौं- नेपाली कांग्रेसमा संस्थापन र तत्कालीन सभापति शरेबहादुर देउवा पक्षबीचको

बुद्धका सन्देश व्यवहारमा उतार्न सकेमात्रै दिगो शान्ति सम्भव : राष्ट्रपति पौडेल

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञाको सन्देशलाई

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर- ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी