जसपा अध्यक्ष भट्टराई र मुख्यमन्त्री पोखरेलबीच भेट « Khabarhub

जसपा अध्यक्ष भट्टराई र मुख्यमन्त्री पोखरेलबीच भेट


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच आज भेट भएको छ ।

मुख्यमन्त्री निवासमा भएको भेटमा उनीहरूबीच प्रदेशमा नयाँ सरकार गठन भएपछि विकसित घटना र कार्यप्रगतिलगायतका विषयमा छलफल भएको थियो ।

भेटघाटमा मुख्यमन्त्री पोखरेलले छोटो अवधिमा नीति तथा कार्यक्रम र बजेट ल्याउँदा भएका कतिपय त्रुटि र कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । बहुवर्षे योजनाका कारण विकासको धेरै बजेट चलाउन नपाउने अवस्था रहेको भन्दै उनले बाँकी रकमबाट बजेट बनाउँदा कतिपय सालबसाली योजना छुटेको जानकारी दिए ।

प्रदेशको क्षमताअनुसारका योजना अगाडि बढाउनका लागि काम सुरु भइसकेको र केही ठूला योजनाका लागि सङ्घ सरकारबाट थप रकमको अपेक्षा गरिएको मुख्यमन्त्री पोखरेलले बताए । बाढीपहिराका कारण अहिले प्रदेशका ११ वटै जिल्ला प्रभावित भएकाले तत्काल राहत र उद्धारका काम भइरहेको र ठूला संरचनामा पुगेको क्षति पुनःनिर्माणका लागि सङ्घ सरकारको भर परेको उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री भट्टराईले गठबन्धलाई अझै दरिलो कसरी बनाउने भन्नेबारेमा आफूहरूले निरन्तर छलफल गरिरहेको बताए । यो सरकारलाई असफल हुने छुट नरहेको भन्दै उनले स–साना मतभेदलाई भित्रै मिलाएर लैजान सुझाव दिए । नागरिकका अपेक्षा अत्यधिक रहेको अवस्थामा प्राथमिकता निर्धारण गरेर जान उनले आग्रह गरे ।

जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहनुभएका भट्टराईका साथमा उक्त पार्टीका गण्डकी प्रदेश संयोजक मोती रिजाल तथा गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य समेत सहभागी थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १० : ०८ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं