विश्वभर एक दिनमा १५ लाख कोरोना संक्रमित थपिए, ५ लाख निको « Khabarhub

विश्वभर एक दिनमा १५ लाख कोरोना संक्रमित थपिए, ५ लाख निको

५,३९७ संक्रमितको मृत्यु


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर एक दिनमा करिब १५ लाख कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा १४ लाख ९७ हजार १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अमेरिकामा मात्रै ३ लाख ४६ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

फ्रान्समा २ लाख ३२, बेलायतमा १ लाख ८९ हजार, इटलीमा १ लाख ४४ हजार जना थपिएका छन् ।

त्यसैगरी क्यानडामा ३७ हजार, जर्मनीमा ३३ हजार, पोर्चुगलमा ३० हजार, रुसमा २० हजार र ब्राजिलमा १० हजारमा संक्रमण देखिएको छ ।

यही अवधिमा ४ लाख ९१ हजार जना कोरोनामुक्त भएका छन् भने ५ हजार ३९७ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा ९१२, अमेरिकामा ७११, जर्मनीमा २४४, बेलायतमा २०३, फ्रान्समा १८९ र टर्कीमा १६३ जना छन् ।

कोरोनामुक्त हुनेको संख्या फ्रान्समा ५३ हजार, जर्मनीमा ५० हजार, बेलायतमा ४३ हजार, रुसमा ४० हजार र अमेरिकामा ३० हजार छन् ।

यससँगै विश्वभर कोराना संक्रमितको कूल संख्या २८ करोड, ८३ लाख, २६ हजार ५६५ पुगेको छ । तीमध्ये २५ करोड ३६ लाख ५० हजार निको भएका छन् भने ५४ लाख ५१ हजार जना संक्रमितको मृत्यु भइसकेको छ ।

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ६ : १४ बजे

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली