विश्वभर एक दिनमा १५ लाख कोरोना संक्रमित थपिए, ५ लाख निको « Khabarhub

विश्वभर एक दिनमा १५ लाख कोरोना संक्रमित थपिए, ५ लाख निको

५,३९७ संक्रमितको मृत्यु


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर एक दिनमा करिब १५ लाख कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा १४ लाख ९७ हजार १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अमेरिकामा मात्रै ३ लाख ४६ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

फ्रान्समा २ लाख ३२, बेलायतमा १ लाख ८९ हजार, इटलीमा १ लाख ४४ हजार जना थपिएका छन् ।

त्यसैगरी क्यानडामा ३७ हजार, जर्मनीमा ३३ हजार, पोर्चुगलमा ३० हजार, रुसमा २० हजार र ब्राजिलमा १० हजारमा संक्रमण देखिएको छ ।

यही अवधिमा ४ लाख ९१ हजार जना कोरोनामुक्त भएका छन् भने ५ हजार ३९७ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा ९१२, अमेरिकामा ७११, जर्मनीमा २४४, बेलायतमा २०३, फ्रान्समा १८९ र टर्कीमा १६३ जना छन् ।

कोरोनामुक्त हुनेको संख्या फ्रान्समा ५३ हजार, जर्मनीमा ५० हजार, बेलायतमा ४३ हजार, रुसमा ४० हजार र अमेरिकामा ३० हजार छन् ।

यससँगै विश्वभर कोराना संक्रमितको कूल संख्या २८ करोड, ८३ लाख, २६ हजार ५६५ पुगेको छ । तीमध्ये २५ करोड ३६ लाख ५० हजार निको भएका छन् भने ५४ लाख ५१ हजार जना संक्रमितको मृत्यु भइसकेको छ ।

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ६ : १४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल