मोरिसससँग दोस्रो खेल आज : लगातार जितको खोजीमा नेपाल « Khabarhub

मोरिसससँग दोस्रो खेल आज : लगातार जितको खोजीमा नेपाल


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। आज नेपाली राष्ट्रिय फुटबल टिमले मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। घरेलु मैदान दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलमा नेपालले लगातार दोस्रो जितको खोजीमा रहनेछ। खेल मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पौने पाँच बजे सुरु हुनेछ।

यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोलले पराजित गरेको थियो।
शनिबारको खेलमा नेपालको जितका लागि विमल घर्तिमगरले गरेको गोल निर्णायक बन्यो।

नेपाल लागातार दोस्रो जितको लक्ष्यमा भए पनि मोरिसस नेपालसँग बराबरी खेल्न चाहन्छ। पहिलो खेलको बदला लिने योजनामा मोरिसस देखिन्छ।

दोस्रो खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गरेका छन्।

शनिबार टिममा समेटिएका डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी आउट भएका छन्। उनीहरुको ठाउँमा मनिस डाँगी र दर्शन गुरुङ समेटिएका छन्। नेपाली टिमको कप्तानी किरण चेम्जोङले गरेका छन्।,

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ७ : ११ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र