मोरिसससँग दोस्रो खेल आज : लगातार जितको खोजीमा नेपाल « Khabarhub

मोरिसससँग दोस्रो खेल आज : लगातार जितको खोजीमा नेपाल


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। आज नेपाली राष्ट्रिय फुटबल टिमले मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। घरेलु मैदान दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलमा नेपालले लगातार दोस्रो जितको खोजीमा रहनेछ। खेल मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पौने पाँच बजे सुरु हुनेछ।

यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोलले पराजित गरेको थियो।
शनिबारको खेलमा नेपालको जितका लागि विमल घर्तिमगरले गरेको गोल निर्णायक बन्यो।

नेपाल लागातार दोस्रो जितको लक्ष्यमा भए पनि मोरिसस नेपालसँग बराबरी खेल्न चाहन्छ। पहिलो खेलको बदला लिने योजनामा मोरिसस देखिन्छ।

दोस्रो खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गरेका छन्।

शनिबार टिममा समेटिएका डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी आउट भएका छन्। उनीहरुको ठाउँमा मनिस डाँगी र दर्शन गुरुङ समेटिएका छन्। नेपाली टिमको कप्तानी किरण चेम्जोङले गरेका छन्।,

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ७ : ११ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा