पशुपतिनाथ मन्दिर परिसरमा कृपालु उद्यानको स्थानमा वन काली उद्यानको बोर्ड « Khabarhub

पशुपतिनाथ मन्दिर परिसरमा कृपालु उद्यानको स्थानमा वन काली उद्यानको बोर्ड


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपतिनाथ मन्दिरको पावन परिसरमा कृपालु उद्यान लेखिएको बोर्डलाई हटाएर त्यसलाई वन काली उद्यान लेखिएको बोर्डले प्रतिस्थापन गरिएको छ ।

पुरातत्व विभागको आदेश बमोजिम पशुपति क्षेत्र विकास कोषले उक्त बोर्ड उच्च सुरक्षाका बिच प्रतिस्थापन गरेको थियो । उक्त बोर्ड पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर मिलन थापाको उपस्थितिमा गरिएको थियो ।

पुरातत्व विभागको मिति २०७७ पुस २८ गते र मिति २०७७ माघ ४ गते को पत्रानुसार पशुपति संरक्षित स्मारक क्षेत्र भित्र वन काली क्षेत्रमा राखिएको पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक एवम् आध्यात्मिक महत्वमा आँच पुग्ने गरी राखिएको बोर्ड तुरुन्तै हटाई विभागलाई जानकारी गराउन भन्ने व्यहोराको पत्र प्राप्त भएको हो ।

उक्त पत्रअनुरूप कोषको नीतिगत निर्णय बमोजिम उल्लेखित स्थानमा रहेको कृपालु उद्यानको नाम रहेको बोर्ड हटाएर वन काली उद्यान, पशुपति लेखिएको बोर्ड राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर थापाले बताए ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १ : ३० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु