आलिया भट्ट भन्छिन्- प्रेम लुकाउनु पर्ने कारण छैन « Khabarhub

आलिया भट्ट भन्छिन्- प्रेम लुकाउनु पर्ने कारण छैन


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आलिया भट्ट अभिनित पछिल्लो फिल्म ‘गंगुवाई कठियावाडी’ प्रदर्शनरत छ । केहीले आलियाको अभिनयको प्रशंसा गरेका छन् भने केहीले नसुहाएको प्रतिक्रिया दिइएका छन् ।

संजय लीला भन्साली निर्देशित फिल्म भएकै कारण ‘गंगुवाई कठियावाडी’ चर्चामा छ । फिल्मसँगै आलियाको चर्चा नहुने कुरै भएन । त्यसो त फिल्मसँगै आलियालाई उनको प्रेम जीवनले पनि चर्चामा ल्याएको छ । केही समय यता आलिया बलिउड अभिनेता रनवीर कपुरसँग प्रेममा छिन् । यो जोडी पहिलो पटक आयान मुकर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा देखिँदैछन् । फिल्मको प्राविधिक काम पूरा नभएकै कारण फिल्म गत वर्ष रिलिज हुन सकेन ।

साथै, यो प्रेम जोडीले विवाह गर्ने खबरले पनि उत्तिकै चर्चा पाइरहेको छ । आलिया पनि रनवीरको परिवारसँग नजिक भएकी छिन् । यो जोडीले बारम्बार बिहे गर्ने भनिए पनि आधिकारिक रुपमा मिडियामा बोलेका छैनन् ।

यद्यपि, पछिल्लो समय आलिया भने आफू प्रेममा रहेको स्वीकारेकी छिन् । प्रदर्शनरत फिल्म ‘गंगुवाई कठियावाडी’ को प्रमोशनको क्रममा उनले आफू रनवीरसँग प्रेममा रहेको बताएकी हुन् । ‘बताउन पनि केही छैन र लुकाउन पनि,’ आलियाले भनेकी छिन् ।

इन्डियन एक्सप्रेससँग कुराकानी गर्दै उनले आफूले रनवीरलाई धेरै माया गर्ने बताएकी छिन् । ‘म आफ्नो प्रेम जीवनको बारेमा धेरै कुरा गर्न चाहँदिन, तर लुकाउन पनि चाहँदिन । म रनवीरसँग आफूलाई सहज महसुस गर्छु र उनलाई धेरै माया गर्छु,’ आलियाले भनिन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ११ : ५९ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६