क्यानाडाले रुसी कच्चा तेलको आयात नगर्ने « Khabarhub

क्यानाडाले रुसी कच्चा तेलको आयात नगर्ने


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यानाडाले रुसी कच्चा तेलको आयातमा प्रतिबन्ध लगाउने भएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी कच्चा तेल आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । रुसी तेलले भ्लादिमिर पुटिन र उनका धनाढ्य साझेदारहरुलाई फाइदा पुगिरहेको भन्दै तेल आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

युक्रेनमाथि रुसी आक्रमण जारी रहँदा विश्व भरबाट निन्दा र आर्थिक एवम् कूटनीतिक एक्लोपन खेपिरहेको रुसमाथि क्यानाडाको पछिल्लो कदमले अझ दबाब सिर्जना गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

क्यानाडाले गत वर्ष मात्रै झण्डै २९ करोड क्यानेडियन डलर बराबरको रुसी तेल आयात गरेको थियो ।

रुसी तेलले क्यानाडाको तेल आपुर्तिको सानो हिस्सा मात्रै ओगट्ने भएकाले रुसी प्राकृतिक ग्यासमा निर्भर युरोपले यस्तै किसिमको प्रतिबन्ध लगाउने सम्भावना भने नरहेको बीबीसीले जनाएको छ ।

पश्चिमा मुलुकहरुले यसअघि रुसका बैंकहरुमाथि प्रतिबन्ध लगाएपनि पेट्रोलियम क्षेत्रमाथि प्रतिबन्ध लगाउन आनाकानी गरिरहेका थिए । रुसले विश्व तेल उत्पादनको १० प्रतिशत हिस्सा ओगट्छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १ : ३३ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६