क्यानाडाले रुसी कच्चा तेलको आयात नगर्ने « Khabarhub

क्यानाडाले रुसी कच्चा तेलको आयात नगर्ने


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यानाडाले रुसी कच्चा तेलको आयातमा प्रतिबन्ध लगाउने भएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी कच्चा तेल आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । रुसी तेलले भ्लादिमिर पुटिन र उनका धनाढ्य साझेदारहरुलाई फाइदा पुगिरहेको भन्दै तेल आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

युक्रेनमाथि रुसी आक्रमण जारी रहँदा विश्व भरबाट निन्दा र आर्थिक एवम् कूटनीतिक एक्लोपन खेपिरहेको रुसमाथि क्यानाडाको पछिल्लो कदमले अझ दबाब सिर्जना गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

क्यानाडाले गत वर्ष मात्रै झण्डै २९ करोड क्यानेडियन डलर बराबरको रुसी तेल आयात गरेको थियो ।

रुसी तेलले क्यानाडाको तेल आपुर्तिको सानो हिस्सा मात्रै ओगट्ने भएकाले रुसी प्राकृतिक ग्यासमा निर्भर युरोपले यस्तै किसिमको प्रतिबन्ध लगाउने सम्भावना भने नरहेको बीबीसीले जनाएको छ ।

पश्चिमा मुलुकहरुले यसअघि रुसका बैंकहरुमाथि प्रतिबन्ध लगाएपनि पेट्रोलियम क्षेत्रमाथि प्रतिबन्ध लगाउन आनाकानी गरिरहेका थिए । रुसले विश्व तेल उत्पादनको १० प्रतिशत हिस्सा ओगट्छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १ : ३३ बजे

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक