कृतिका लम्सालले जितिन् ‘समिट वुमन अफ द इयर २०२२’ अवार्ड  « Khabarhub

कृतिका लम्सालले जितिन् ‘समिट वुमन अफ द इयर २०२२’ अवार्ड 


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस वर्षको ‘समिट वुमन अफ द इयर २०२२’पुरस्कारबाट स्विट फिक्सकी संस्थापक कृतिका लम्साल सम्मानित भएकी छन् ।

ओपन स्पेस नेटवर्क (ओएसएन)को आयोजना र आइएनजी ग्रुपको प्रस्तुतिमा बिहीबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी लम्साललाई सो अवार्ड प्रदान गरिएको थियो ।

३० वर्षभन्दा मुनिका युवा महिला उद्यमीलाई पुरस्कृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कानुनको पालना गर्दै दिगो योजना कार्यान्वयन गरी समाजमा सकारात्मक प्रभाव पार्न सफल एक जना महिला उद्यमीलाई यसरी नै प्रत्येक वर्ष सम्मान गर्दै आइएको छ ।

लम्सालले प्राकृतिक फलफूल र स्थानीय सामग्रीबाट ‘पप्सिकल्स’ बनाउँदै आएकी थिइन् । उनलाई आज शालिमार ज्वेलर्सबाट एक लाख रुपैयाँ नगद र हिराको लकेट प्रदान गरी सम्मान गरिएको हो ।

‘ओएसएनले सधैँ व्यावसायिक अवसरहरू मार्फत महिलाहरूले पाउने वित्तीय स्वतन्त्रतामा विश्वास गर्छ र यस कार्यक्रमले धेरै युवा महिलाहरूलाई व्यावसायिक संसारमा नेतृत्व लिन प्रेरित गर्नेछ,’ पुरस्कार प्रदान गरेपछि ओपन स्पेस नेटवर्ककी संस्थापक फैजा परवीनले भनिन् ।

यस्ता युवा महिला उद्यमीहरूलाई पुरस्कृत गर्नुको उद्देश्य नेपालको पितृसत्तात्मक समाजमा विद्यमान सबै अवरोध र यथास्थितिलाई चुनौती दिँदै युवा पुस्तालाई सृजनात्मक विचारका साथ व्यवसायीक नेतृत्व गर्न प्रेरित गर्नु रहेको आयोजकले बताएका छन् ।

पुरस्कारको लागि सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाको आवेदन परेको थियो । आवेदन दिनेमध्ये पहिलो चरणमा उत्कृष्ट ३० जनाको नाम सर्टलिस्ट गरिएको थियो । तीमध्ये उत्कृष्ट ७ फाइनलमका लागि छनोट भएका थिए । उत्कृष्ट सात जनामध्येबाट पनि लम्साललाई सर्वोत्कृष्ट ठहर गरिएको हो ।

पुरस्कारको लागि अन्तिम सातमा लुक्ला आउटडोरकी आङछेची शेर्पा, खानपिनकी सह–संस्थापक÷प्रबन्ध निर्देशक ईशा बल्ला,  ग्लोकल एकेडेमी अफ स्किल्स प्रालिकी सह–संस्थापक र प्रबन्ध निर्देशक काजोल झा ठाकुर, स्वटी पिक्सकी संस्थापक कृतिका लम्साल, द मल्ल इन्ककी सजल मल्ल, ह्याप्पीमाइन्ड्सकी संस्थापक-प्रबन्ध निर्देशक श्रेया गिरी र बिहेनेपालकी सह-संस्थापक श्रेया कटुवाल छनोट भएका थिए।

उत्कृष्ट सातमध्ये एक जना विजयीको नाम चार निर्णायकले छनोट गरेका हुन् । चार जना निर्णायकमा आईएनजी ग्रुपका संस्थापक-अध्यक्ष सुलभ बुढाथोकी, आइडीइका नेपाल कन्ट्री डाइरेक्टर कोरी ओ’हारा, एब्सोल्युट एस्थेटिक क्लिनिकका मालिक डा. श्रुजना श्रेष्ठ र नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजमका संस्थापक छाया शर्मा रहेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ०१ बजे

हावाहुरी, वर्षा र हिमपातको चेतावनी, सतर्कता रहन आग्रह 

काठमाडौं– देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष