बेनी-जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो « Khabarhub

बेनी-जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका (टाइमकार्ड) हटाइएको छ ।

बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत रोकेर सडक स्तरोन्नतिको काम गरिँदै आएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले चैते दसैँसम्मका लागि सडकमा यातायात बन्द नगरिने जानकारी दिए ।

‘मुस्ताङमा तीर्थयात्री र पर्यटकको चाप बढेपछि स्थानीय प्रशासनको अनुरोधमा चैते दसैँसम्मका लागि समय तालिका हटाएका छौँ’, उनले भने, ‘सवारी आवतजावत प्रभावित नहुनेगरी सडक निर्माणलाई निरन्तरता दिने व्यवस्था मिलाएका छौँ ।’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर, वडा नं २ नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिर खण्डमा बिहान ८ देखि ११ बजे र दिउँसो १ देखि ४ बजेसम्म सडकमा यातायात आवतजावत बन्द गरेर बिस्तार र निर्माणको काम गर्न समय तालिका बनाइएको थियो ।

यस वर्षको चैतेदसैँ पर्व चैत २६ गते परेको छ । चैते दसैँको समयमा मुस्ताङको कागबेनीमा दिवङ्गत आफन्तको स्मृतिमा पिण्डदान गर्ने चलन छ । भ्रमणको याम भएकाले स्वदेश तथा विदेशबाट मुस्ताङ घुम्न आएका पर्यटकको चाप पनि बढेको छ । मुस्ताङमा केही दिनयता दैनिक तीन हजार जनाको हाराहारीमा तीर्थयात्री र पर्यटक भित्रिएका छन् ।

विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङका छ खण्डमा निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ८ : ५८ बजे

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली

ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति