बेंसीशहरमा विपन्नको घरको छाना फेरिए « Khabarhub

बेंसीशहरमा विपन्नको घरको छाना फेरिए


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको बेंसीशहर नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छानो हटाएर टीनले छाएको छ । नगरपालिकाले विपन्न नागरिक लक्षित कार्यक्रम अन्तर्गत खरले छाएको घरलाई जस्तापाताको छानोले छाएको हो । बेँसीशहर नगरपालिका-११ चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाकै घरमा बित्यो । कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसकेका उनको सपना अहिले पूरा भएको छ ।

बेँसीशहर नगरपालिकाले नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएसँगै पाण्डेले पनि जस्तापाताले घर छाएका हुन् । उनलाई नौ फुटको १६ थान तथा छ फुटको १८ थान जस्ता र किलाकाटी तथा अन्य व्यवस्थापनका लागि १० हजार प्रदान गरिएको बेंसीशहर नगरपालिकाले जनाएको छ । उनी मात्र होइन बेसीशहर  नगरपालिका-३ गाउँशहरका एकल महिला शुकमाया सार्कीले पनि सात फुटको १० थान र ६ फुटको १२ थान गरी २२ थान जस्तापातासँगै  १० हजार नगरपालिकाबाट लिइन् उनी अहिले जस्तापाताले छाएको घरमा बसेकी छन् ।

विपन्न नागरिक लक्षित कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छाना हटाई जस्तापाताले छाउने अभियान अन्तर्गत घरको तथ्यांक संकलन गरी नगरपालिकाभित्रका एक सय ७ घर  जस्तापाताले छाइएको बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।  उनले भने नगरपालिकाभित्र १ सय १६ घर खरको छानाका थिए त्यसमध्ये एक सय १६ घरमा जस्ताको छाना लगाइयो । ‘नगरभित्रका गरिब, विपन्न तथा असाह्यलाई माथि उठाउने स्थानीय सरकारको कर्तब्य हो ।

‘नगरपालिकाले उनीहरुलाई बस्ने बासको राम्रो व्यवस्था गर्नेछ । सबै खरले छाएका घर अब जस्तापाले छाएको छौं,’ उनले भने । बेसीशहर नगरपालिका ६ सारिङ फाँटका लिलाबहादुर घर्तीको घर यसअघि ढुंगा माटो र खरले बनाइएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण घर्तीले घरको छानोमा जस्तापाताले छाउन सकेका थिएनन् । ‘टीनले छाएर बस्ने धोको पहिल्यै देखि थियो । तर, कसरी छाउने । पैसा थिएन । अहिले पैसा पनि पाइयो । जस्तापाता पनि पाइयो । घर पनि छाएँ । स्थानीय सरकार आएपछि मेरो बर्षौंदेखिको सपना पुरा भयो । धेरै खुसी छु । आर्थिक अवस्था नाजुक भएका कारण घर जस्तापाताले छाउन नसकेका नागरिकका निम्ति घर छाइदिएको बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मिघेन्द्र पोखरेलले बताए । उनका अनुसार विपन्न नागरिकको घर जस्तापाताले छाउनका २१ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ९ : ०८ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल