अन्तर्राष्ट्रिय फिल्म महोत्सव काठमाडौँमा सुरु   « Khabarhub

अन्तर्राष्ट्रिय फिल्म महोत्सव काठमाडौँमा सुरु  


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को पाँचौ संस्करण काठमाडौँस्थित राष्ट्रिय सभागृह र र पर्यटन बोर्डमा सुरु भएको छ।

पाँच दिनसम्म चल्ने महोत्सवको चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, युरोपेली युनियनकी राजदूत नोना डेप्रेज र काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले संयुक्तरुपमा बिहीबार उद्घाटन गरेका हुन्। उनीहरूले फिल्मी शैलीमा क्यामरा, रोलिङ, एक्सन भन्दै शुभारम्भ गरेका थिए ।

३८ देशका ८९ फिल्म स्क्रिनिङ गरिने फेस्टिभलमा १४ भन्दा बढी छलफल र अन्तरक्रिया कार्यक्रम हुनेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा-छोटा फिल्म, डकुमेन्ट्री र एनिमेटेड फिल्मबीच सात विधामा प्रतिस्पर्धा हुने र १४ वटा पुरस्कार वितरण गरिने  कार्यक्रम छ।‘विश्वभरका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ नारा तय गरिएको छ।

आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले विश्वसामु नेपाली फिल्मको प्रवद्र्धन गर्दै पर्यटन विकासमा सघाउने उद्देश्य रहेको बताए । बोर्ड अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय बजारमा जाने खालका मौलिक र उत्कृष्ट कथावस्तुमा बनेका फिल्मलाई सघाउन सरकार तयार रहेको बताउँदै स्टोरी बैंकमार्फत त्यस्ता फिल्मलाई सघाउन नियमावली बनेको जनाए ।

युरोपेली युनियनकी राजदूत डेप्रेजले नेपाल विकास भइरहेको फिल्म संस्कृतिको तारिफ गरिन् । उनले फिल्ममार्फत वातावरण, संरक्षण र मानवअधिकार संरक्षणमा सघाउन युरोपेली युनियन तयार रहेको बताइन् ।

यसपटक जुरी प्रमुखको रुपमा सुदिप्तो आचार्य छन् भने सदस्यहरुमा पाकिस्तानी फिल्म क्रिटिक अलिज गुल र नेपाली फिल्म निर्देशक छिरिङरितार शेर्पा छन् ।

पुरु लम्साल निर्देशित ४६ मिनेट लामो डकुमेन्ट्री ‘गोरु पर्व’ प्रिमियरसँगै महोत्सव सुरु भयो । नुवाकोटको तारुकामा सदियौँदेखि मनाइँदै आएको गोरु जुधाउने पर्वलाई वृत्तचित्रले चित्रण गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ९ : ५१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक