टिपरले ठक्कर दिँँदा बाेलेराे चालककाे मृत्यु « Khabarhub

टिपरले ठक्कर दिँँदा बाेलेराे चालककाे मृत्यु


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको खडक नगरपालिका-५ रंजितपुर सडकखण्डमा टिपरले ठक्कर दिँँदा बाेलेराे चालककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादव रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ आउँदै गरेको विद्युत् कार्यालय बोदेबर्साइन सप्तरीको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरोलाई बिहीबार साँझ पछाडिबाट ना ७ ख २६५८ नम्बरको टिपरले ठक्कर दिँदा यादवको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारको लागि अस्पतालतर्फ ल्याउने क्रममा मृत्यु भएको जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य बोदेबर्साइन नगरपालिका –१० का ३० वर्षीय शैलेश यादव, सोही ठाउँका ३० वर्षीय महेश चौधरी, वडा नम्बर ५ का २६ वर्षीय बृजेश कुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान नगरपालिका –८ का ३५ वर्षीय अरुण कुमार सिंहको उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ।

टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १२ : २५ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल