रसुवामा ३४ वटा मतदानस्थल र ५१ मतदान केन्द्र रहने « Khabarhub

रसुवामा ३४ वटा मतदानस्थल र ५१ मतदान केन्द्र रहने


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रसुवामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र रहने भएको छ ।

गोसाइँकुण्ड गाउँपालिकामा आठवटा मतदानस्थल र नौवटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र, आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदानस्थल र पाँचवटा मतदान केन्द्र, उत्तरगया गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र, नौकुण्ड गाउँपालिकामा आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

एक निर्वाचन क्षेत्र तथा पाँच गाउँपालिका रहेको रसुवामा ३८ हजार पाँच सय ४५ मतदातामध्ये १८ हजार आठ सय ८५ महिला र १९ हजार ६ सय ८९ जना परुष रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

रसुवा जिल्लामा आसान्न स्थानीय तह निर्वाचनमा भाग लिन १७ दलले निर्वाचन कार्यालय रसुवामा दल दर्ता गराएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १२ : ५५ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल