गठबन्धन नमान्नेहरूलाई कांग्रेस छाड्न नेता प्रकाशमान सिंहको सुझाब « Khabarhub

गठबन्धन नमान्नेहरूलाई कांग्रेस छाड्न नेता प्रकाशमान सिंहको सुझाब


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शुक्रबार नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाश मान सिंहले पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । उनले पार्टीको निर्णय नमान्नेहरुले पार्टी छाडेर जान सक्ने बताएका हुन्। काँग्रेसभित्र बसेर काँग्रेस कमजोर बनाउनेहरु पार्टीमा बस्नु भन्दा बाहिरिँदा राम्रो हुने उनले बताए ।

यसपटक चुनावमा काँग्रेस नेता कार्यकर्ताहरूले गर्ने कामको कसले के गरेको छ एक एक हिसाब राखिने पनि सिंहले बताएका छन्।

गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले सृजना गरेको र मुलुकको आवश्यकता भएको उनले बताए । संविधान जोगाउनका लागि गठबन्धन कायमै राखेर चुनावमा जानू पर्ने बाध्यात्मक अवस्था रहेकाले चुनाव सम्मै गठबन्धन कायमै रहने समेत उनको दाबी छ ।

पार्टीभित्रका केहीले क्रान्तिकारी बनेर गठबन्धनविरुद्ध बोल्दा जनतामा अनावश्यक भ्रम छर्ने काम गरेको उनले बताए। पार्टीभित्र एकथरी समूह नियोजित रुपमा आफ्नो स्वार्थ पूरा नभएपछि चरित्र हत्या अभियानमा लागिरहेको पनि सिंहले बताए।

मुलुकमा भ्रम छरेर जनतालाई पटक पटक अल्मलाउने काम मात्रै भएकाले आफुहरुले अवसर पाउँदा गरेका कामबारे जनतालाई बुझाउन समेत कार्यकर्तालाई निर्देशन दिए ।

स्थानीय कमिटिले उम्मेदवारि सिफारिस गर्न नसकेर केन्द्र पठाएर केन्द्रीय नेताहरुलाई गालि गर्ने परम्परा यस पटक अन्त्य हुनु पर्नेमा उनले जोड दिए । त्यस्तै पार्टी विधानले दिएको अधिकार स्थानीय कमिटीले पालना गर्न सके उमेदवारि छनोटमा कसैको हस्तक्षेप नहुने पनि बताए ।

यसैबीच कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यीय मोहन बहादुर बस्नेतले यस पटक देशभर काँग्रेसको लहर आएको भन्दै सबैले मेहनत गर्ने बेला आएको बताए । त्यस्तै काठमाडौँ जिल्ला सभापति सबुझ बानियाँले भ्रमको पछि नलागि घर घरमा पुगेर काँग्रेसका पक्षमा मत माग्न आग्रह गरेका छन् ।

कार्यक्रममा काँग्रेस नेता तथा वरिष्ठ अधिबक्ता राधेश्याम अधिकारीले एमसीसीका विषयमा आएका भ्रम बारे जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १५० जना शुक्रबार काँग्रेस प्रवेश गरेका छन्।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  २ : २४ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न